समाचार

देउवालाई ओलीको प्रश्नः गुरुजी, तपाईँले होइन पटक पटक संसद् विघटन गरेको ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिएका हुन् । संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए । जवाफमा ओलीले भने, गुरुजी, आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ?… पुरा पढौ

चुनाव लड्न बोरामा पैसा लैजानुपरेको छः चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताएका छन्। उनले सबै ठूला दल एकठाउँमा उभिए पनि आफूले विपक्षमा मतदान गर्ने बताएका हुन्। उनले अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दल एकै ठाउँमा उभिएको आरोप लगाए। ‘पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ। सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न… पुरा पढौ

गण्डकीमा बन्यो नयाँ सरकार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । अधिकारीलाई उनको दल एमालेसहित माओवादी, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ , माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङसमेत मन्त्री बनेका छन् । उनीहरु सबै विना विभागीय मन्त्री हुन् । पुरा पढौ

दीपक मनाङेको समर्थन खगराज

गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले एमालेलाई समर्थन गर्ने भएका छन् । मनाङबाट निर्विरोध चुनिएका उनी केही समयअघि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । अघिल्लो गठबन्धनका बेला मन्त्री हुन नेकपा एस गएका उनी नयाँ गठबन्धन बनेपछि मन्त्री बन्ने टुंगो छैन । मनाङेले भने आज गण्डकीमा बन्ने नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् ।उनले भने, “म कम्युनिस्ट मिल्नुपर्छ भन्ने मान्छे हो, खगराज दाइलाई मेरो समर्थन छ ।” नेकपा एसले… पुरा पढौ

प्रदेश १ को सभामुख बन्दै बाबुराम

प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा बाँडफाँड हुँदा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको थियो । माओवादीको भागमा सभामुख परेसँगै माओवादीले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । उनी ओखलढुंगा १ (२) बाट निर्वाचित भएका हुन् । माओवादीका केन्द्रीय सदस्यसमेत रहेका गौतमलाई माओवादी हेडक्वाटरले सभामुख बनाउन चाहेको छ । यसअघि सभामुखमा संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीको समेत सभामुख बन्ने चर्चा थियो ।… पुरा पढौ

पोखरा इलेक्ट्रिोनिक्स संघमा नारायण

पोखरा, २४ पुसपोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको शनिबार भएको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो । संघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन दाहाल, द्वितीय उपाध्यक्ष पोषबहादुर भुजेल, महासचिव चिन्तामणि खरेल, सचिव होमविलास सापकोटा र कोषाध्यक्षमा जनकराज सुवेदी छन् । सदस्यमा विदूर सापकोटा, सन्तोष श्रेष्ठ, ईश्वर रिमाल, दुर्गानाथ लामिछाने, अमृत बराल, निर्मल गौतम र नरेन्द्र आचार्य छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले इलेक्ट्रोनिक्स क्षेत्रका समस्या पहिचान… पुरा पढौ

अपांगलाई करणीमा १९ वर्ष सजाय तोकिएका अभियुक्त पक्राउ

पोखरामा जबरजस्ती करणी मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पोखरा २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई कास्की प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई अदालतमा पेस गरी कैद भुक्तानीका लागि कास्की कारागार पठाइएको छ । तिवारी २०७६ मा अपांगता भएकी नावालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए । उन २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले सफाई दिएको थियो । उच्चले जिल्ला अदालतको फैसला उल्टाई गत बैशाख १४… पुरा पढौ

युआरएल हस्पिटलचोकमा नयाँ समिति

युआरएल हस्पिटलचोक डाइग्नोस्टिक प्रालिको प्रथम साधारण सभाले सर्वसम्मत ७ सदस्यीय सञ्चालक समिति चुनेको छ । प्रालिको अध्यक्षमा ठाकुरप्रसाद पन्त र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला छन् । सदस्यमा सन्दीप अर्याल, बिमला भण्डारी, सूर्य पौडेल, मणि न्यौपाने र लालबहादुर गुरुङ छन् । २०७८ साल वैशाख १ गतेबाट पोखराको हस्पिटलचोकमा यो ल्याब सुरु भएको हो । करिब ३ करोड लगानीमा स्थापना भएको यो प्रयोगशालाले गएको पुस १५ गतेबाट २४ सै घन्टा सेवा दिने… पुरा पढौ

शीतल सहकारीमा ईश्वरी

शीतल बचत तथा ऋण सहकारी पोखरा १७ छोरेपाटनमा नयाँ नेतृत्व छानिएको छ । सहकारीको १३ औं वार्षिका साधारणसभा तथा पाँचौं अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको हो । समिति उपाध्यक्षमा युवक लामिछाने, सचिव नारायणप्रसाद शर्मा अधिकारी, सहसचिव हरिप्रसाद लम्साल र कोषाध्यक्षमा मोहनलाल पौडेल छन् । यस्तै, सदस्यमा कमलकान्त उपाध्याय, विष्णुकुमारी लम्साल, श्रीराम सुवेदी, सुरजप्रकाश भुजेल, नारायण पौडेल र इच्छादेवी अधिकारी छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा ऋषिराम बराल… पुरा पढौ

शर्त पूरा भए राप्रपा लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। उनले सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं