समाचार

योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्ः लामिछाने

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् । विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पु¥याउन मत दिन आग्रह गरे । पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले पोखराका… पुरा पढौ

नेकपा एस कास्की सचिव एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । एमाले कास्की २ ले शनिबारआयोजना गरेको कार्यक्रममा नेपाली औपचारिक रुपमा एमाले फर्किएका हुन् । एमाले केन्द्रीय सदस्य एव कास्की इन्चार्ज कृष्ण थापाले उनलाई स्वागत गरे । एमालेमा नेपाली जिल्ला कमिटी सदस्य थिए । नेपालीले अब देशका एकीकृत समाजवादी पार्टी नै रहन नसक्ने टिप्पणी गरे । पुरा पढौ

४२ वर्षीय महिलाको बलात्कार पछि हत्या गर्ने २६ वर्षीय प्रकाश योगी पक्राउ

 जिल्ला प्रहरी कार्यालय बागलुङले जघन्य अपराध गरेको आरोपमा एक युवालाई सार्वजनिक गरेको छ । गत असोज २९ गते बागलुङ नगरपालिका वडा नम्बर -१ बस्ने ४२ बर्षीय फुलमाया बोटेको बलात्कार पछि हत्या भएको घटना सार्वजनिक भयो । जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिकामा नवौं राष्ट्रिय खेल चलिरहेको स्थलबाट ३०० मिटरको दुरिमा उक्त घटना घटेको थियो ।  बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १ मा एक महिलालाई बलात्कार पछि हत्या र हत्या पछी… पुरा पढौ

समानुपातिक र उपमात्रै होइन, प्रत्यक्षमा जिताउनुस्ः मिना

पोखरा, ६ कात्तिकएमाले नेतृ मिना गुरुङले देशको कायाकल्पका लागि सबै जाति, लिंग, वर्ग, समुदायको राज्यमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा देश गए पनि प्रत्यक्षमा दलहरुले ९ प्रतिशतमात्र महिलालाई टिकट दिनुले व्यवहारमा परिवर्तन बाँकी भएको प्रमाणित गरेको उनको भनाइ छ । एमालेबाट कास्की २ (२) की उम्मेदवार गुरुङले भनिन्, ‘महिलालाई सधै समानुपातिक र उपामा राख्ने गरिएको छ । हामी प्रत्यक्षमा पनि लड्न सक्षम छौं । मलाई जस्तै… पुरा पढौ

विश्वप्रकाश काबिल हुनुहुन्छ, मौका दिनुस्ः बराल

कास्की क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मदवारी दिएका एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरा १७ को सम्पर्क कार्यालय उद्दघाटन गरेका छन् । कास्की २ (१)मा सत्ता गठबन्धनबाट विश्वप्रकाश लामिछाने र २ (२) मा विन्दुकुमार थापा उम्मेदवार छन् । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा लामिछानेले ऐतिहासिक काम गरेको सुनाउदै बरालले भने, ‘विश्वप्रकाश काम गर्ने मान्छे हुनुहुन्छ, उहाँलाई जनताले मौका दिनुपर्छ ।’ उनले आफूले २०५४ देखि ५९ सम्म कास्की जिविसमा… पुरा पढौ

भण्डारी समाज नेपालको साधारणसभा

धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा शनिबार पोखरामा भएको छ । शुक्रबार सहभागीको दर्ता र केन्द्रीय समिति बैठक भएको थियो। शनिबार भएको सभामा नेपाल सरकारका पूर्व सचिव कृष्णप्रसाद भण्डारीले संस्कार र संस्कृतिलाई भुल्नु नहुने जनाए । उनले राज्यलाई भण्डारीहरुले आवश्यक परेको बेलामा साथ दिएको र देश निर्माण र राष्ट्रियतामा समेत ठूलो योगदान रहेको उल्लेख गरे । संस्थाका पूवअध्यक्ष केशवराज भण्डारीले विगतमा आफ्रले गरेका कामको स्मरण गर्दै आगामी दिनमा संस्थालाई… पुरा पढौ

सभ्य बजारका लागि खाद्य स्वच्छता जरुरीः कोइराला

पोखरामा शुक्रबार भएको एक कार्यक्रम गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुले प्रथम त्रैमासिकका गरेका कामको समीक्षा गरिएको छ । कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सभ्य बजारका लागि खाद्य स्वच्छता जरुरी हुने बताए । उनले खाद्यको गुणस्तरबारे सधै चनाखो बन्नुपर्नेमा जोड दिँदै चाडपर्वका बेला अझ बढी सजगता चाहिने जनाए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख शिवजी बराले कार्यालयले पहिलो चौमासिकका गरेका कार्यबारे प्रकाश… पुरा पढौ

किवानिस क्लब पोखराको पदस्थापना

किवानिस इन्टरनेसनल अन्तर्गतको किवानिस क्लब पोखराको पदस्थापना शनिबार भएको छ । यसपालि किवानिस वान डे २२ अक्टोबरमा परेकाले सोही अवसरमा पदस्थापनासमेत गरिएको हो । नयाँ कार्यसमिति वर्ष २०२२÷२३ को अध्यक्षमा स्वतन्त्र न्यौपाने छन् । उनी बागलुङका जिल्ला न्यायाधिवक्तासमेत हुन् । कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विष्णुहरि न्यौपाने, कोषाध्यक्षमा होमराज भट्टराई र सचिवमा ध्रुवराज तिवारी छन् । यस्तै, सदस्यमा सुवास अधिकारी, राजेश बराल, गणेश लामिछाने, विनोद भण्डारी, ध्रुवबहादुर राउत, विष्णुबहादुर राउत,बिकास गौतम, सन्तोष… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद: साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व

पोखरा, २ असोज । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ… पुरा पढौ

गठबन्धनका उम्मेदवारलाई हार्ने छुट छैनः शर्मा

नेपाली काँगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका उम्मेदवार कसैलाई पनि हार्न छुट नभएको बताएका छन् । बुधबार पोखरा नयाँबजारमा कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय उदघाटन गर्दै शर्माले यस्तो बताएका हुन् । ‘हाम्रो यो गठबन्धन पाँच दलीय गठबन्धन हो । एक्लै चुनाव लडेर हिजो माओवादीले पनि जितेको थियो, कांग्रेसले पनि जितेको थियो । २०७४ सालको निर्वाचन पश्चात एमालेमा केपी ओली र माधव नेपाल एकठाउँमा हुन सक्नुभएन । माधव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं