समाचार

विकास र नीति निर्माण दुवैतिर लाग्छुः विद्या

पोखरा, १९ कात्तिकनेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् । साबिक कृस्ती गाविसबाट पोखरा १७ मा बसोबास गर्ने मतदातासँग शनिबार भएको उम्मेदवार परिचय एवं अन्तक्रियामा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता जनाइन् । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता… पुरा पढौ

महानगरै बनाउँछु, महा नगर हुन दिन्नः विश्वप्रकाश

विश्वप्रकाश लामिछानेले पृथ्वीचोकदेखि चाउथेसम्म पृथ्वीराजमार्ग चक्ल्याउने अभियानको नेतृत्व गरे । उनकै नेतृत्वमा फेवातालको अतिक्रमित जग्गाबारे छानबिन भयो । त्यही समितिले दिएको प्रतिवेदनका आधारमा सर्वाेच्च अदालतले तालको मापदण्ड तोक्न, संरक्षण गर्न ऐतिहासिक फैसला ग¥यो । तिनै विश्वप्रकाश अहिले प्रदेशसभा सदस्य उम्मेदवार छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश शनिबार पोखरा ३३ का विभिन्न टोलमा मत माग्दै छन् । विश्वप्रकाशले आफू चुनावी अभियानमात्र नभएर समृद्धिको साधक बन्न आएको… पुरा पढौ

अहिले प्रतिवद्धता, जितपछि कामः प्रकाश

नेपाली कांग्रेसका नेता एवं कास्की क्षेत्र नं. ३ (२) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धता पाँच वर्षमा पूरा गरेरै छाड्ने बताएका छन् । संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति पोखरा ५ द्वारा आयोजित संयुक्त चुनावी भेलामा बरालले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा ५ लाई कृषि पर्यटनसँग जोड्का लागि प्रयास गर्ने स्पष्ट पारे । पोखरा ५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट… पुरा पढौ

सक्ने वाचा गर्छाै, जितेपछि पूरा गर्छाैंः विश्वप्रकाश

पोखरा, १७ कात्तिकनेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् । उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए । लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’ पोखरा ३३… पुरा पढौ

१९ गते लेखक संघ गण्डकीको अधिवेशनसँगै कवि गोष्ठी

पोखरा, १७ कात्तिकनेपाली लेखक संघले देशैभर जिल्ला जिल्लामा शाखा विस्तार गरिरहेको छ । गण्डकी प्रदेशका जिल्लामा शाखा विस्तारपछि प्रदेश अधिवेशनको तयारी भएको छ । प्रदेशहरूको पहिलो अधिवेशन गर्नका लागि संघले सात वटै प्रदेशमा संयोजक र सदस्य–सचिव तोकेको छ । संघले आगामी शनिबार प्रदेश अधिवेशन पोखरामा गर्ने भएको छ । गण्डकी प्रदेशमा कवि एवं साहित्यकार डा ईश्वरमणि अधिकारी संयोजक र साहित्यकार रमेशचन्द्र घिमिरे सदस्य–सचिव छन् । प्रदेश अधिवेशनसँगै गण्डकी काव्य गोष्ठीको… पुरा पढौ

देशमै रोजगारी, चाडै समृद्धिः विश्वप्रकाश

कास्की २ (१)मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् । पोखरा १७ को बाराही टोलमा गठबन्धनको सम्पर्क कार्यालयमा भएको कार्यक्रमा लामिछानेले गठबन्धनको जित भएपछि रोजगारीमा नयाँ नयाँ सम्भावना खोजिने उल्लेख गरे । निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर अहिलेका मुख्य एजेन्डा भएको उनको भनाइ छ । माओवादीको सरकारले नै गरिब र सुकुम्बासीको समस्या हल गरेको तर्क गर्दै उनले… पुरा पढौ

एमालेलाई भोट माग्दै महानगरका लेखा अधिकृत छवि

पोखरा महानगरमा कार्यरत एक कर्मचारीले सामाजिक सञ्जालबाट एमालेलाई भोट मागेका छन् । महानगरको लेखा शाखामा कार्यरत छवि शर्मा तिमिल्सिनाले फेसबुकमार्फत् कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई अधिकारीलाई भोट मागेका हुन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुलीले कर्मचारीले यसरी मत माग्न नमिल्ने बताए । उनले भने, ‘ यस्तो गर्न मिल्दैन, कारवाही स्पष्टिकरणबाट सुरु हुन्छ, विभागीय कारवाही पनि हुन सक्छ ।’ तिमिल्सिना एमालेबाट कृष्ण थापा मेयर हुँदा नियुक्त भएका हुन्… पुरा पढौ

बाम र लोकतान्त्रिक शक्ति मिलेरमात्र समृद्धि सम्भव छ: विश्वप्रकाश

मंसिर ४ मा हुने आमनिर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी भूमिका निर्वाह गर्ने प्रण गर्छन् ।… पुरा पढौ

कोही नेपाली भूमिहीन हुँदैनन्: विश्वप्रकाश

कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार… पुरा पढौ

पुष्पकमल सुवेदी प्रतिष्ठानमा नयाँ समिति

पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराको आइतबार भएको १० औं साधारण सभा एवं चौथो अधिवेशनले पूर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिका उपाध्यक्षमा ध्रुव कम्पित सुवेदी, सचिव प्रदीप सुवेदी, सहसचिव सूर्यनाथ भण्डारी र कोषाध्यक्ष इन्दु रेग्मी छन् । सदस्यमा मोहन सुवेदी, दिनेश लिम्बू, गोपालमणि लामिछाने, तीर्थ पौडेल, सञ्जिता अधिकारी, सरस्वती अधिकारी, कृष्णबहादुर विश्वकर्मा, लक्ष्मण गौतम, सत्यराज सापकोटा, हिराबहादुर क्षेत्री, भीमप्रसाद सुवेदी र दिव्यराज सुवेदी छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं