नेपाली लेखक संघ गण्डकीमा ईश्वरमणिको नेतृत्व

नेपाली लेखक संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले डा ईश्वरमणि अधिकारीको नेतृत्वमा कार्यसमिति चुनेको छ ।

समितिको उपाध्यक्षमा निरु केसी र पशुपति घिमिरे, महासचिव सञ्जीवबाबु पौडेल, सचिव रमेशचन्द्र घिमिरे र कोषाध्यक्षमा दीपक समीप छन् । सदस्यमा लक्ष्मण थापा, अमृत छेत्री, भाइकृष्ण सुनार, रामपुजन ठाकुर, माया अधिकारी, सीता शर्मा, टीका सापकोटा, भरत पोखरेल र सुकदेवी गौचन निर्वाचित भएका छन् ।

संघको प्रदेश समितिले सचिवालयसमेत बनेको छ । सचिवालयमा अध्यक्ष अधिकारी, उपाध्यक्ष केसी, महासचिव सञ्जीवबाबु पौडेल, सचिव रमेशचन्द्र घिमिरे, कोषाध्यक्ष दीपक समीप र सदस्यद्वय लक्ष्मण थापा र अमृत छेत्री छन् ।

शनिबार भएको अधिवेशन सँगै काव्य गोष्ठीसमेत भएको थियो । नवनिर्वाचित अध्यक्ष डा अधिकारीले आउँदा दिनमा संस्थाको गरिमा र मर्यादालाई कायम राख्दै गण्डकी प्रदेश समितिलाई मजबुत बनाएर लैजाने प्रण गरेका छन् ।