समाचार

मुक्तिनाथ मन्दिरको उकालोमा लेक लागेर मृत्यु

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि जाने क्रममा लेक लागेर भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको तिलंगना मराहपुराम नगर घर भएका ६० वर्षीय मुठैया यामसानीको लेक लागेर शनिबार मृत्यु भएको हो । उनी रानीपौवा बजारको गेटबाट उकालो चढ्ने बेलामा बेहोस भई ढलेका थिए । बेहोस यामसानीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यामसानी श्रीमतीसहित ६० भारतीयको टोलीमा समिट एअरबाट जोमसोम आएका थिए । पुरा पढौ

कांग्रेस पोखराः मेयरमा १८ र उपमेयरमा १० उम्मेदवार

नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका आकांक्षीले आइतबार आवेदन दिएका हुन् । मेयरमा आवेदन दिनेमा बाबुराम आचार्य, किशोरदत्त बराल, कृष्णबहादुर केसी, विन्दुकुमार थापा, किरण केसी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, सुदीपमोहन भट्टराई, नन्दप्रसाद तिवारी, निर्मलप्रसाद कर्मचार्य, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, सरस्वती गुरुङ, कोपिला रानाभाट, विश्व घिमिरे र… पुरा पढौ

एकीकृत समाजवादीले रुपामा कपिललाई अध्यक्ष उठाउने

नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो । रुपा गाउँपालिका ७ का २४ वर्षीय पौडेल उक्त पार्टीको जिल्ला सचिवालय सदस्य र गाउँपालिका सहइन्चार्ज हुन् । अखिलको प्रारम्भीक कमिटीबाट राजनीतिमा छिरेका उनी एमालेको भ्रातृ संगठनका विभिन्न पदमा काम गरेपछि पार्टी विभाजनका बेला समाजवादी रोजेका हुन् । पार्टीले सानै उमेरमा दिएको… पुरा पढौ

पूर्वाञ्चल सेवा समाजमा बालकुमारको नेतृत्व

पूर्वाञ्चल सेवा समाजको अध्यक्षमा बालकुमार लुइँटेल सर्वसम्मत भएका छन् । समाजको १७ औं साधारण सभा एवं १० औं अधिवेशनले लुइँटेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चुनेको हो । समितिको प्रथम उपाध्यक्षमा हरिप्रसाद जमरकट्टेल, द्वितीय उपाध्यक्ष चन्द्रकुमारी पराजुली, महासचिव मिलन दुलाल, सचिव हिमाल दंगाल र कोषाध्यक्ष युनिषा उप्रेती छन् । सदस्यमा राजकुमार श्रेष्ठ, अजय लामा, पूर्णबहादुर कार्की, सीता कार्की सुवेदी, कल्पना उप्रेती खत्री, रविन खतिवडा, शंकर लुइँटेल, पुरण श्रेष्ठ र सीमा… पुरा पढौ

पूर्वाञ्चल सेवा समाजमा शुभकामना र भित्तेपात्रो विमोचन

पूर्वाञ्चल सेवा समाजले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो लोकार्पण गरेको छ । समाजको १७ औं साधारण सभा एवं १० औं अधिवेशनमा गण्डकीकी उपसभामुख सिर्जना शर्माले भित्तेपात्रो सार्वजनिक गरिन् । शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नुपर्ने बताइन् । उनले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने जनाइन् । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा बिभिन्न संघ, संस्थाको महत्वपूर्ण भूमिका रहदै आएको उनको भनाइ छ । उपसभामुख शर्माले यस्ता संस्थाको विकासका… पुरा पढौ

भानुभक्त प्राणी उद्यानः जग्गा अधिग्रहणका लागि ४६ करोड

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो । प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज… पुरा पढौ

दुलेगौंडामा २ सयको सित्तैमा रगत जाँच

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका रगत जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । शनिबार शिविरसँगै सचेतना कार्यक्रम पनि भएको छ । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले समयमै… पुरा पढौ

पुम्दीकोटमा आइतबार देखि सुरु हुने महायज्ञको तयारी पुरा

पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पुरा भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको अन्तिम तयारी भएको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पनि पुनः… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोइरालाले नवौ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताउनुभयो । प्रथम विबेक खाणँ स्मृति सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार बितरणमा कोइरालाले आफु आफ्नो गृह जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताउनुभयो । कुनै पनि प्रतियोगिताले खेलकुदको बिकासमा टेवा पुग्ने बताउद्यै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने बताउनुभयो । देशकै पदमा आसिन भएपनि आफु हुर्केको ठाउँमा सहयोग गर्र्न… पुरा पढौ

माओवादी माछापुच्छ्रेबाट अध्यक्ष र उपाध्यक्ष सिफारिस

माओवादी केन्द्रले माछापुुच्छ्रे गाउँपालिकामा पार्टीको तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार चयन गरिएको छ । गाउँपालिका कमिटीको बैठकले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा इन्जिनियर सुनील दाहाल र नवराज भण्डारी सिफारिस भएका छन् । उपाध्यक्षमा भने प्रविणा अधिकारीको नाममा सहमति जुटेको छ । ९ वडा रहेको पालिकाको अधिकांश वडाका उम्मेदवार सिफारिस भइसकेका छन् । तिस बर्षको उमेरमै इन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सहायक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं