समाचार

मन्त्री रायमाझीको सांसद पद खारेज

लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ । उनी जनता समाजवादी पार्टीकी सांसद हुन् । पार्टीको सिफारिसमा सभामुखले कारबाही गरेपछि अदालत गएकी उनले पार्टीले कारबाही फिर्ता गरेको पत्र नबुझाएपछि पद नै खारेज भएको हो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उनको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद खारेज भएको अदालत स्रोतले जनाएको छ । पुरा पढौ

महानगरले समितिले भन्योः जथाभावी उम्मेदवारी घोषणा नगरौं

स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी मेयरका लागि उम्मेद्वारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्य समितिले आग्रह गरेको छ । पार्टीको गरिमामा आँच नपुगोस् भन्ने तर्फ सजग हुन आग्रह गर्दै महानगर कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोला ‘विशाल’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै कांग्रेसका तर्फबाट पोखरा महानगरमा आगामि मेयर पदका लागि उम्मेद्वारमा आकांक्षी बढेका छन् । कतिपय कार्यकर्तामार्फत… पुरा पढौ

जुत्ता, चप्पल बनाउने तालिम

महिला उद्यमशिलता, क्षमता वृद्धिको लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम मङ्गलबारदेखि पोखरामा सुरु भएको छ । जाल्पादेवी महिला उद्धार समुह सिमलचौर पोखराको आयोजना तथा पोखरा महानगरपालिका वडा नं। ८को सहयोगमा स्थानीय महिलाहरुका लागि तालिम आयोजना गरिएको अध्यक्ष राधिका थापाले बताइन् । तलिमको शुभारम्भ गर्दै वडा नं। ८ का अध्यक्ष रुद्रनाथ बरालले वडामा रहेका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्य अनुसार ११ सय भन्दा बढीलाई विभिन्न तालिममा सहयोग गरिदै आएको उल्लेख गरे… पुरा पढौ

एमसिसी पेश गर्दै मन्त्री कार्कीले के भने ? (पूर्ण पाठ)

सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले मिति २०७५÷१०÷२५ मा नेपाल सरकार र अमेरिकी सहयोग निकाय “मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्नका लागि सङ्घीय संसद्मा पेस गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेअनुरूप नेपालको संविधानको धारा २७९ बमोजिम प्रतिनिधिसभाको साधारण बहुमतबाट सम्झौता अनुमोदन गर्नका लागि तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानित संसद्समक्ष प्रस्ताव पेस गर्नुभएको माननीय सदस्यहरूलाई विदितै हुनुपर्दछ । साथै,… पुरा पढौ

‘जनमतविपरीत एमसिसी पास नगर’

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले जनमतको विरुद्ध गएर मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) पारित नगर्न आग्रह गरेको छ । संसदमा एमसिसी टेबल भएपछि विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी र महासचिव सुनील पाण्डेले जनमतविरुद्ध गएर राजनीतिक दल र सरकारलाई जनताले सबक सिकाएको इतिहास नबिर्सन भनेका छन् । एमसिसीमा नेपालको संविधान र ऐनहरुसँग बाँझिने प्रावधान रहेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै वैदेशिक सहायताका लागि सार्वभौम संसदबाटै अनुमोदन चाहिने शर्त अनौठो र… पुरा पढौ

प्रजातन्त्र दिवसमा नव आदर्शको रक्तदान

नव आदर्श सामुदायिक विकास संस्थाको खुला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । हरेक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले खुला रक्तदान गर्दै आएको छ । ७२ औं प्रजातन्त्र दिवसका दिन संस्थाले २२ औं रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । संस्थाका पूर्व सल्लाहकारसमेत रहेका आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पहिलो रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष वुद्धिबहादुर खत्री क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै… पुरा पढौ

बलात्कार आरोपमा ‘धामी’ पक्राउ

दाङमा बलात्कार अभियोगमा ‘धामी’ पक्राउ परेका छन्। महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएको हो। बिकले आफू शिवको भक्त हुँ भनी झुक्काएर माघ २९ गते तुलसीपुर १८ खैरेनीमा एक महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनले ती महिला र सँगै आएकी १४ वर्षीया महिलाकी भान्जीलाई पनि जबरजस्ती करणी गरेको भनी फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको थियो।… पुरा पढौ

पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ

फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजरातीबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयको बन्ने भयो आफ्नै भवन

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको… पुरा पढौ

डा. खगराज अनुभूति संग्रह बजारमा

शिखा बुक्सले प्रकाशन गरेको लेखक डा. खगराज बरालको अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरू’ फागुन पहिलो सातादेखि बजारमा आएको छ । साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा ७ पुस्तक प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झण्डै १ दर्जन कृति नेपाली पाठकसामु पस्किसकेका छन् । वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा ढाल्न खप्पिस बरालका यसअघि ‘सिकाउने शैली’ (२०७५) तथा ‘सिकाइ र सहयोग’ (२०७६) लोकप्रिय रहे । गत वर्ष बराल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं