समाचार

राजन बने सिनियर भेट्रान्स च्याम्पियन

राजन पौडेलले रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता २०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधि जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपर टाइमा १०–५ ले पराजित गर्दै पौडेलले उपाधि जितेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए । फाइनल खेलमा गोपी÷धरमको जोडी नवीन श्रेष्ठ र राजु गुरुङको जोडीमाथि… पुरा पढौ

एमसिसीमा झलनाथसहित एसका पाँच नेताको असहमति

एकीकृत समाजवादीका पाँच नेताले संसदबाट एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा असहमति जनाएका छन् । सम्मानित नेता झलनाथ खनालसहित पाँच स्थायी कमिटी सदस्यले लिखित असहमति जनाएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन र आफ्नो दलको अस्तित्वको रक्षार्थ एमसीसीको पक्षमा उभिनुपर्ने परिस्थिति बनेको व्याख्या गरेका थिए । एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्न सहमति जुटेको ब्रिफिङ नेतालाई गरेका थिए । त्यसमा नेता खनालसहित उपमहासचिव जगन्नाथ खतिवडा, स्थायी कमिटी सदस्यहरू… पुरा पढौ

पललाई सात दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तनहुँ प्रहरीमा आइतबार आत्मसमर्पण गरेका शाहलाई प्रहरीले आइतबारै जिल्ला अदालत तनहुँमा पेस गरेको थियो । प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि सात दिनको समय मागेअनुसार अदालतले अनुमति दिएको हो । पलले एक नाबालिकमाथि बलात्कार गरेको आरोप छ । ती पीडितले आइतबारै पूर्वी नवलपरासीमा पनि बलात्कार आरोपमा जाहेरी दिएकी छन् । पुरा पढौ

वाइसिएल नेता सुवास पौडेलको निधन

नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपालका नेता सुभाष पौडेलको दुर्घटनामा परी निधन भएको छ । पौडेल शुक्रबार पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको बैठक सकेर पोखरा फर्किने क्रममा साँझ करिब ६ बजेतिर भालु पहाडमा दुर्घटनामा परेका थिए । एक्लै यात्रामा रहेका पौडेल भीरबाट खसेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पदम थापा नेतृत्वको टोलीले पौडेलको शव फेला पारेको छ । फेदीखोला गाउँपालिका बासिन्दा पौडेल वाइसिएलका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख थिए । पुरा पढौ

ढोरपाटनमा सुरु भयो सिकारको मौसम

ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि ९ नाउर र ७ झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । सिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन् । बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण… पुरा पढौ

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

लण्डन, १३ फागुनहालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकको भेलामा उक्त घोषणा गर्नुभएको हो । भिसा शुल्क छुटको… पुरा पढौ

राप्रपा नेपाल कास्की अध्क्षमा शिव

राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं स्थानीय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बास्तोलाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । समिति सदस्यमा सूर्यप्रसाद बास्तोला, विश्वराज पौडेल, ईन्द्र्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्ण्ु बास्तोला, कृष्णप्रसाद बाँस्तोला, लीलाधर गौतम, दीपक सुनार, अर्जुन अधिकारी (हमाल), वीरबहादुर तामाङ, टिकीसरा गर्बुुजा तामाङ, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष… पुरा पढौ

अली मियाँ सम्मान पुरस्कार अधिकारीलाई

यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ । डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् ।  उनी यसअघि जमर्को पुरस्कार तथा सम्मान (२०५६), नेपाल… पुरा पढौ

औषधी व्यवसायी संघ गण्डकीको साधारणसभामा बञ्जारा सम्मानित

औषधी व्यवसायी संघ गण्डकी प्रदेशको प्रथम वार्षिकोत्सव तथा साधारणसभा मंगलबार भएको छ । सभामा नेपाल औषधी व्यवसायी संघ केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधी व्यवसायी संघलाई संघीय मर्म अनुसार रुपान्तरण गर्न धेरै मेहनत भएको बताए । उनले ५४ जिल्लामा संघको जिल्ला शाखा रहेको र वाँकी जिल्लामा पनि शाखा विस्तार गरिने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले संघको नीति, नियम अनुसार मर्यादित व्यवसायमा जोड दिन आग्रह गरे । देश भरका २१ हजार व्यवसायीको… पुरा पढौ

गण्डकीको हिउँदे अधिवेशन फागुन २६ देखि

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गतेबाट सुरु हुने भएको छ । प्रदेशको मन्त्रिपरिषद बैंठकले २६ गते दिउँसो १ बजे अधिवेशन डाक्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । २ अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । यो अधिवेशनमा लैजाने गरी सरकारले ४ विधेयक तयार गरेको जानकारी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सोमबार बताएका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं