समाचार

दीप हस्पिटलको स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित

पोखरा–१, बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । विगत १ वर्षबाट सञ्चालनमा आएको दीप हस्पिटलले आम सर्वसाधारणको लागि पहिलो पटक हस्पिटल परिसरमै वृहत स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक शालिकराम गौतमले बताए । हस्पिटलले आयोजना गरेको शिविरमा पेट, छाती तथा मुटुरोग सम्बन्धि जाँच परिक्षणमा सबैभन्दा बढि आकर्षण बढेको थियो । दोश्रोमा हाडजोर्नी तथा नशारोग परीक्षणमा आएको व्यवस्थापक… पुरा पढौ

पल शाहलाई १२ दिन थुनामा राख्न आदेश

जबर्जस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाहविरुद्ध १२ दिनको म्याद थप गरिएको छ । प्रहरीले शाहलाई आज अदालत उपस्थित गराएकामा तनहुँ अदालतले १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि फागुन १५ गते शाहविरुद्ध सात दिनको म्याद थप गरिएको थियो । अनुसन्धान प्रक्रिया नसकिएकाले प्रहरीले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्ने बताएको छ । शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला… पुरा पढौ

सृजना कप छात्र÷छात्रा भलिबल १४ चैतदेखि

पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना… पुरा पढौ

पोखराका पूर्वमेयर शेरचनको मृत्यु

पोखरा महानगरका पूर्व मेयर गणेश शेरचनको निधन भएको छ । राप्रपाका नेतासमेत रहेका शेरचनको ७८ वर्षको उमेरमा निधन भएको हो । शेरचनको आइतबार बिहान ग्राण्डी अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचन २०३७ मा प्रधानपञ्च र पछि राष्ट्रिय पञ्चायत सदस्य समेत चुनिएका थिए । शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा उनी सहायक मन्त्रीसमेत बनेका थिए… पुरा पढौ

तनहुँमा ड्राइभिङ स्कुलको जिल्ला शाखा, अध्यक्षमा नवराज

तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका ड्राइभिङ स्कुल व्यवसायी संगठित भएका छन् । तनहुँका ड्राइभिङ स्कुल व्यवसायीको शनिबार भएको भेलाले नवराज तिवारीको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चुनेको छ । ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्ष वसन्त भट्टचनले व्यवसायीको सुझाव अनुसारको नयाँ कार्यसमिति भेलामा प्रस्तुत गरेका थिए । भेलाले उनको प्रस्तावलाई अनुमोदन गरेको हो । शाखा अध्यक्ष तिवारी ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशका कोषाध्यक्षसमेत हुन् । उनले जिल्लाका व्यवसायीको सल्लाह, सुझाव, केन्द्र… पुरा पढौ

सांसद थापाले सार्वजनिक गरे ४ वर्षको प्रगति विवरण

कास्की निर्वाचन क्षेत्र नम्बर २(१) का सांसद कृष्ण थापाले पछिल्ला ४ वर्षसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । शनिबार आयोजित कार्यक्रममा उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् । कार्यक्रममा गण्डकीका उपसभामुख सृजना शर्माले निर्वाचन क्षेत्रमा विकास, निर्माणको गति तीव्र देखिएको बताइन् । उनले यो गतिलाई बनाएर जनताका आकांक्षा सम्बोधन गर्न आग्रह गरिन् । प्रदेशसभा सदस्य थापाले आफू निर्वाचित क्षेत्रमा गरेका गतिविधि जनताले जान्न पाउनुपर्ने बनाए । उनले अरु निर्वाचन क्षेत्रभन्दा… पुरा पढौ

महिला भन्छन्ः कानुनले दिएको पद पनि पुरुषले हडपे

आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दाबी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पदमात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणा राखे । नारी जागरण अभियान गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको सहकार्यमा शुक्रबार बागलुङमा आयोजना गरेको कार्यक्रमका सहभागीले महिलालाई हराउन पुरुषसमेत उम्मेदवार बन्ने गरेको आरोप लगाए । कानुनले दिएको पदमा पनि गठबन्धन वा दुई दलको फरकफरक उम्मेदवार भन्ने नाम पारेर महिला हराउने काम भएको उनीहरुले बताए ।… पुरा पढौ

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व माधव प्रसाद मिश्रले सम्हालेका छन् । प्रतिष्ठानको शनिबार भएको छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन् । सदस्यमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि पौडेल, सुरज उपाध्याय र शालिकराम देवकोटा छन् । निवर्तमान अध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले नयाँ कार्यसमिति सर्वसम्मत… पुरा पढौ

माओवादीमा महरा, देव गुरुङसहित ४ जनाको नोट अफ डिसेन्ट

माओवादीमा महरा, देव गुरुङसहित ४ जनाको नोट अफ डिसेन्ट नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले लिखित असहमति जनाएका छन्। प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन्। शुक्रबार सुरु भएको केन्द्री समितिको दोस्रो पूर्ण बैठकमा उनीहरुले पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको बताए। ‘हामी पार्टीको निर्णय मान्छौं। तर,… पुरा पढौ

प्रेस चौतारी गण्डकीमा इन्द्र

पोखरा । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त शर्मा र रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी र गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारीले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो । सदस्यहरुमा गिता राना मगर, रञ्जिता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं