पोखरा महानगरका पूर्व मेयर गणेश शेरचनको निधन भएको छ । राप्रपाका नेतासमेत रहेका शेरचनको ७८ वर्षको उमेरमा निधन भएको हो ।
शेरचनको आइतबार बिहान ग्राण्डी अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचन २०३७ मा प्रधानपञ्च र पछि राष्ट्रिय पञ्चायत सदस्य समेत चुनिएका थिए ।
शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा उनी सहायक मन्त्रीसमेत बनेका थिए ।
२०२७÷२०२८ सालमा उनी आह्वान साप्ताहिक चलाउथे । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।




