एमसिसीविरुद्ध श्रमिक समुदाय मोर्चाको प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपालले पोखरामा एमसिसी विरुद्ध प्रदर्शन गरेको छ । शुक्रबार महेन्द्रपुलमा प्रदर्शनपछि कोणसभा आयोजना गरियो ।

सभामा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिव उमेश सिकेले अहिलेका संसदवादी दलले एमसिसी पास गरी फेरि राष्ट्रघात गरेको दाबी गरे । उनले जनताका अपेक्षा र देशको स्वाधीनता, स्वतन्त्रतालाई उपेक्षा गरी बारम्बार देशमाथि घात गर्नेहरुले देशको नेतृत्व गर्नै नसक्ने बताए ।

कोणसभामा अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य कमला परियार र श्रमिक समुदाय मोर्चा नेपाल कास्की कोषाध्यक्ष विजय विकले पनि सम्बोधन गरेका थिए ।