समाचार

यातायात व्यवस्था कार्यालय पोखराका ९ जनालाई मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गरी फेललाई पास र पासलाई फेल एवं परीक्षामा नै सहभागी नभएकालाई पास गराउने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ’मिति २०७५ साल मंसिर र २०७६… पुरा पढौ

चैत ३० बाट फेवा नव वर्ष महोत्सव

होटल संघ पोखरा नेपालले १७ औं फेवा नव वर्ष महोत्सवको तयारी थालेको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ । कोभिड १९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालि महोत्सवको प्रायोजक छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण… पुरा पढौ

एमसिसीविरुद्ध श्रमिक समुदाय मोर्चाको प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपालले पोखरामा एमसिसी विरुद्ध प्रदर्शन गरेको छ । शुक्रबार महेन्द्रपुलमा प्रदर्शनपछि कोणसभा आयोजना गरियो । सभामा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिव उमेश सिकेले अहिलेका संसदवादी दलले एमसिसी पास गरी फेरि राष्ट्रघात गरेको दाबी गरे । उनले जनताका अपेक्षा र देशको स्वाधीनता, स्वतन्त्रतालाई उपेक्षा गरी बारम्बार देशमाथि घात गर्नेहरुले देशको नेतृत्व गर्नै नसक्ने बताए । कोणसभामा अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य… पुरा पढौ

गण्डकीका जातजातिका नृत्यको अभिलेख राखिँदै

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए । अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गर्नुभएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान… पुरा पढौ

माओवादी केन्द्र अन्नपूर्ण अध्यक्षमा धर्म

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) अन्नपूर्ण गाउँपालिकाको शुक्रबार भएको निर्वाचनले पदाधिकारी चयन गरेको छ । चुनावबाट अध्यक्षमा धर्मबहादुर गुरुङ, उपाध्यक्षमा शोभाखर अधिकारी, हरिमाया अधिकारी (तिमिल्सिना ) र ईन्द्र भन्डारी चुनिए । यस्तै, सचिवमा नवीन गिरी र सहसचिवमा विष्णुप्रसाद अधिकारी र कोषाध्यक्ष शरणसिं विक निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित गुरुङले प्रत्याशी भेषराज पौडेललाई पराजित गरेका हुन् । गुरुङले ३० र पौडेलले १४ मत पाएका छन् । पुरा पढौ

महिला हिंसाबारे अन्नपूर्ण गाउँपालिकामा सचेतना

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले बुधबार महिला हिंसाबारे सचेतना आयोजना ग¥यो । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा महिलाहरु सक्षम बन्दै आफ्नो हक माग्नुपर्नेमा जोड दिइयो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले महिला बिना घर, परिवार सम्भवन नहुने उल्लेख गर्दै आफ्नै परिवारका सदस्यलाई अधिकार, अवसर दिन कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले आफ्नो कर्तव्य पूरा गरी अधिकार खोज्न खुट्टा कमाउनु नहुनेमा जोड दिइन्… पुरा पढौ

रोटरी लेकसाइडले निःशुल्क मिर्गौला परीक्षण गर्ने

रोटरी क्लब अफ पोखरा लेकसाइडको आयोजनामा पोखरामा निःशुल्क मिर्गौला परीक्षण हुने भएको छ । विश्व मिर्गौला दिवसको अवसरमा क्लबले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा फागुन २६ गते बिहीबार बिहान ८ बजेदेखि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम गर्न लागेको हो । क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले क्लबको नियमित स्वास्थ्य शिविर अन्तर्गत यस वर्ष सो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।पछिल्लो समय मिर्गौला रोगीको लागि उपचार विधि… पुरा पढौ

दीप हस्पिटलको स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित

पोखरा–१, बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । विगत १ वर्षबाट सञ्चालनमा आएको दीप हस्पिटलले आम सर्वसाधारणको लागि पहिलो पटक हस्पिटल परिसरमै वृहत स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक शालिकराम गौतमले बताए । हस्पिटलले आयोजना गरेको शिविरमा पेट, छाती तथा मुटुरोग सम्बन्धि जाँच परिक्षणमा सबैभन्दा बढि आकर्षण बढेको थियो । दोश्रोमा हाडजोर्नी तथा नशारोग परीक्षणमा आएको व्यवस्थापक… पुरा पढौ

पल शाहलाई १२ दिन थुनामा राख्न आदेश

जबर्जस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाहविरुद्ध १२ दिनको म्याद थप गरिएको छ । प्रहरीले शाहलाई आज अदालत उपस्थित गराएकामा तनहुँ अदालतले १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि फागुन १५ गते शाहविरुद्ध सात दिनको म्याद थप गरिएको थियो । अनुसन्धान प्रक्रिया नसकिएकाले प्रहरीले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्ने बताएको छ । शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला… पुरा पढौ

सृजना कप छात्र÷छात्रा भलिबल १४ चैतदेखि

पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं