प्रेस चौतारी कास्की सचिव रञ्जन अधिकारीले पदबाट राजीनामा दिएका छन् । शनिबार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षको निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।
यसअघि संघका उपाध्यक्ष रहेका अधिकारी दिननाथ बरालसँग पराजित भएका हुन् । बरालले २९ र अधिकारीले २० मत पाएका थिए ।
गएको मंसिर ३ मा भएको आठौं अधिवेशनबाट अधिकारी सर्वसम्मत सचिव बनेका थिए । खेलकुद पत्रकार मञ्चका आधा सदस्य प्रेस चौतारी समर्थित भए पनि ती सदस्यको समेत मत पाउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।







