पोखरामा मुख स्वाथ्य दिवस मनाइयो

आइतबार अर्थात मार्च 20 का दिन मुख स्वाथ्य दिवस मनाइएको छ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशले विभिन्न ठाउँमा मुख स्वास्थ्यसम्बन्धी चेतना दिने ब्यानरसहित ¥याली निकालेको छ ।

पोखरा महानगरका चोकहरुमा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक नारा एवं मुख स्वास्थ कसरी स्वस्थ राख्ने भन्ने विषयमा सचेतना बढाउन ¥याली निकालिएको हो । कार्यक्रममा कान्तिपुर डेन्टल हस्पिटलका विद्यार्थीसेमत सहभागी थिए ।

एसोसिएसन गण्डकी अध्यक्ष युवराज पौडेलले स्वस्थ रहन र व्यक्तित्वको विकास दुवैका लागि दाँत तथा मुख स्वास्थ्य निकै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले दिवसको सन्दर्भमा रानीपौवा स्थित सत्य साई बाल आश्रममा जनचेतनामूलक कार्यक्रमसँगै दन्त मन्जन र ब्रस वितरण गरिएको बताए ।