नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले नयाँ नेतृत्व चुनेको हो ।
बरालले प्रतिश्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछि पारे । बरालले २९ र अधिकारीले २० मत पाएका थिए । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशि पौडेल र कोषाध्यक्ष कविता घर्तीमगर चुनिए । सदस्यमा नारायण शाही, दीपक मुल्मी, उमेश पुन र राजु गिरी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बरालले सबैलाई समेटेर खेलकुद पत्रकारिताको उन्नयनमा लाग्ने प्रतिवद्धता गरेका छन् ।




