जनसांस्कृतिक महासंघ गण्डकीमा सुवास

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल गण्डकी प्रदेशमा सुवास मल्लको अध्यक्षतामा नयाँ कमिटी चुनिएको छ ।

शनिबार भएको महासंघ गण्डकीको प्रथम अधिवेशनले ३७ सदस्यीय कमिटी सर्वसम्मत चुनेको हो । महासंघ प्रदेशको उपाध्यक्षमा प्रेमराज अधिकारी र लक्ष्मी थापा, महासचिवमा छविलाल सुवेदी, सचिव लक्ष्मी नेपाली, कोषाध्यक्ष दीपक पौडेल र सहकोषाध्यक्षमा सीता परियार छन् ।

सदस्यमा दीपक अधिकारी, भरत सुनार, सनबहादुर गुरुङ, दिलु फगामी, रविविक्रम केसी, रामचन्द्र ढकाल, विनोद रामदाम, भीम परियार, अर्जुन थापामगर, नारायण श्रेष्ठ, जनक थापामगर, कुलमणि ढुंगाना, यामबहादुर भुजेल, ईश्वरी राना, युवराज गुरुङ, आशीष गुरुङ, टस गुरुङ, ऋषिराम दाहाल, भरत पौडेल, तीर्थ गुरुङ र अश्मी गौतम छन् ।

यस्तै, सुमन श्रेष्ठ, रवीन्द्र खाती, दीपकराज ढकाल, भुवन क्षेत्री, सन्तोष मिजार, दीपक अधिकारी र बलराम तिमिल्सिनासमेत सदस्य चुनिएका छन् । सल्लाहकारमा रमेश श्रेष्ठ, पार्वती जिसी र प्रजापति पराजुली छन् ।