माओवादी केन्द्र अन्नपूर्ण अध्यक्षमा धर्म


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) अन्नपूर्ण गाउँपालिकाको शुक्रबार भएको निर्वाचनले पदाधिकारी चयन गरेको छ ।

चुनावबाट अध्यक्षमा धर्मबहादुर गुरुङ, उपाध्यक्षमा शोभाखर अधिकारी, हरिमाया अधिकारी (तिमिल्सिना ) र ईन्द्र भन्डारी चुनिए । यस्तै, सचिवमा नवीन गिरी र सहसचिवमा विष्णुप्रसाद अधिकारी र कोषाध्यक्ष शरणसिं विक निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित गुरुङले प्रत्याशी भेषराज पौडेललाई पराजित गरेका हुन् । गुरुङले ३० र पौडेलले १४ मत पाएका छन् ।