प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन फागुन १९ गते बिहीबार पोखरामा हुने भएको छ । अधिवेशनको तयारीलाई तीव्रता दिइएको अध्यक्ष सुष्मा पौडेलले बताइन् ।
प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरी कार्य अगाडि बढाइएको अध्यक्ष पौडेलको भनाइ छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २ सय ५० प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमुलक पत्रकारिता सम्बद्ध क्रियाकलापको सञ्चालन, पेशागत सिप र पत्रकारको वृत्ति विकासमा सहयोग पु¥याउने कार्यमा प्रेस चौतारी नेपाल सधैं अग्रपंत्तिमा रहने गरेको छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनसमेत फागुन २७ र २८ गते पोखरामा हुँदै छ । राष्ट्रिय महाधिवेशन उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।






