नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपालका नेता सुभाष पौडेलको दुर्घटनामा परी निधन भएको छ ।
पौडेल शुक्रबार पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको बैठक सकेर पोखरा फर्किने क्रममा साँझ करिब ६ बजेतिर भालु पहाडमा दुर्घटनामा परेका थिए । एक्लै यात्रामा रहेका पौडेल भीरबाट खसेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पदम थापा नेतृत्वको टोलीले पौडेलको शव फेला पारेको छ । फेदीखोला गाउँपालिका बासिन्दा पौडेल वाइसिएलका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख थिए ।






