पललाई सात दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

तनहुँ प्रहरीमा आइतबार आत्मसमर्पण गरेका शाहलाई प्रहरीले आइतबारै जिल्ला अदालत तनहुँमा पेस गरेको थियो । प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि सात दिनको समय मागेअनुसार अदालतले अनुमति दिएको हो ।

पलले एक नाबालिकमाथि बलात्कार गरेको आरोप छ । ती पीडितले आइतबारै पूर्वी नवलपरासीमा पनि बलात्कार आरोपमा जाहेरी दिएकी छन् ।