गण्डकीको हिउँदे अधिवेशन फागुन २६ देखि

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गतेबाट सुरु हुने भएको छ ।

प्रदेशको मन्त्रिपरिषद बैंठकले २६ गते दिउँसो १ बजे अधिवेशन डाक्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । २ अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

यो अधिवेशनमा लैजाने गरी सरकारले ४ विधेयक तयार गरेको जानकारी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सोमबार बताएका थिए ।