राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं स्थानीय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बास्तोलाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
समिति सदस्यमा सूर्यप्रसाद बास्तोला, विश्वराज पौडेल, ईन्द्र्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्ण्ु बास्तोला, कृष्णप्रसाद बाँस्तोला, लीलाधर गौतम, दीपक सुनार, अर्जुन अधिकारी (हमाल), वीरबहादुर तामाङ, टिकीसरा गर्बुुजा तामाङ, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलारी, रोशन पौडेल, सजग तिवारी, सुनील बाँस्तोला र छवि लामिछाने छन् ।
राप्रपा नेपालको तर्फबाट जिल्ला निर्वाचन समिति कास्कीमा सम्पर्क र समन्वय गर्न पार्टीका केन्द्रीय सदस्य सूर्यप्रसाद बास्तोलालाई मनोनयन गर्ने निर्णयसमेत भएको छ ।




