मुक्तिनाथ मन्दिरको उकालोमा लेक लागेर मृत्यु

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि जाने क्रममा लेक लागेर भारतीय पर्यटकको मृत्यु भएको छ ।

भारतको तिलंगना मराहपुराम नगर घर भएका ६० वर्षीय मुठैया यामसानीको लेक लागेर शनिबार मृत्यु भएको हो । उनी रानीपौवा बजारको गेटबाट उकालो चढ्ने बेलामा बेहोस भई ढलेका थिए ।

बेहोस यामसानीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यामसानी श्रीमतीसहित ६० भारतीयको टोलीमा समिट एअरबाट जोमसोम आएका थिए ।