नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ ।
कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका आकांक्षीले आइतबार आवेदन दिएका हुन् । मेयरमा आवेदन दिनेमा बाबुराम आचार्य, किशोरदत्त बराल, कृष्णबहादुर केसी, विन्दुकुमार थापा, किरण केसी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, सुदीपमोहन भट्टराई, नन्दप्रसाद तिवारी, निर्मलप्रसाद कर्मचार्य, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, सरस्वती गुरुङ, कोपिला रानाभाट, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।
उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिए । लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली उपमेयरका आकांक्षी हुन् ।
मेयरका आकांक्षीबाट जनही २५ हजार उपमेयरका आकांक्षीबाट २० हजार लिएर कांग्रेसले उम्मेदवारी दर्ता गराएको हो । पोखराको मेयरमा सत्ता गठबन्धनका नेकपा एस र माओवादी केन्द्रले समेत दाबी गरिरहदा कांग्रेसबाट धेरै आकांक्षी देखिएका हुन् ।




