समाचार

चुनावी मैदानमा पत्रकार, को कहाँबाट ?

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट… पुरा पढौ

मेयरमा एउटै पार्टीका २ उम्मेदवार

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरू दुवैले पार्टीको सिफारिसपत्रसहित उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएका थापाले आफूले कांग्रेस प्रदेश समितिको आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएको बताए । उनले भने, “आफूले प्रदेश समितिले दिएको टिकट र आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएँ, पछि उहाँ सुशीला शाहीले पनि पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता… पुरा पढौ

बागलुङमा पुरानै उम्मेदवार आमनेसामने

सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बन्नुभएको थियो । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । पाँच दलीय… पुरा पढौ

पार्टीभित्रैबाट चरित्र हत्या गरियो दीपक पौडेल

एमाले नेता दिपक पौडेलले चार वर्ष अगाडिको भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको दाबी गरेका छन् । पोखरा महानगरपालिकाको मेयरको टिकट पाएर भिडियोका कारण विवाद भएपछि उम्मेदवारी दिन नपाएका उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भ्रममा पारिएको दाबी गरेका छन् । पौडेलले सोमबार विज्ञप्ति जारी गरेर टिकट खोसिएकोप्रति दुखेको पोखेका छन् । ुकामको श्रेष्ठताको आधारमा मैले मेयरको टिकट पाएँ । केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरूले दुराग्रह भावना राखी चार वर्ष… पुरा पढौ

ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले दिए स्वतन्त्र उम्मेदवारी

ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट धनबहादुर विक ‘हिमाल’ लाई अध्यक्षमा उम्मेदवार बनाएपछि घर्तीले वागी हालेका हुन् । पहिलो कार्यकाल नीति नियम निर्माण र सिक्दैमा बितेको जिकिर गर्दै उनले सुरु भएका योजना पूरा गर्न अध्यक्ष नदिइएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए । घर्तीले उम्मेदवारी फिर्ता नलिने र पार्टीले अनुशासनको कारवाही गरे भोग्न तयार रहेको सुनाए । उनले भने, ‘कुनै पनि… पुरा पढौ

आज बायोमेट्रिक, भोलि लिखित, पर्सि ट्रायल

तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ । दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित… पुरा पढौ

पोखरा महानगरः एमाले र गठबन्धनको उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा… पुरा पढौ

बागलुङमा यसरी भयो सत्ता गठबन्धनमा भागबन्डा

बागलुङमा सत्ता साझेदार दलहरूले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताइन् । माओवादी केन्द्रले ताराखोला गाउँपालिका र… पुरा पढौ

हेलिकोप्टरमा उम्मेदवारी दिन गएका नेतालाई आफ्नै कार्यकर्ताले लखेटे

खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा मेयरमा उम्मेदवारी दर्ता गराउन पुगेका धर्मराज पोखरेललाई कांग्रेस कार्यकर्ताले नै लखटेका छन्। उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए। कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि दिक्लेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो। त्यसपछि पोखरेल उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर लिएर पुगेका थिए। पोखरेल नभइ कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई मेयरको टिकट दिनुपर्ने माग कार्यकर्ताको छ। पुरा पढौ

मनाङमा सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो

सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो । दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं