समाचार

पुतलीबजार पुग्यो युआरएल

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्याङ्जाको पुतलीबजारमा सेवा विस्तार गरेको छ । यसअघि स्याङ्जाकै बालिङमा युआरएलको शाखा खुलिसकेको छ । स्याङ्जा बजार र आसपासका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन शुक्रबारबाट औपचारिक रुपमा सातौं शाखा सञ्चालन हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । करिब १ करोड लगानीमा स्थापना भएको प्रयोगशालाबाट भिटामिन, क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गौला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जी सहितका जाँच हुने छन्… पुरा पढौ

सहमतिमा उम्मेदवार फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट विभिन्न पदमा उम्मेदवार दिएकाहरुले सहमतीमा उम्मेदवारी फिर्ता गरेका छन् । पोखरा महानगर, पालिका र मादी गाउँपालिका विभिन्न वडा सदस्य पदमा २४ जनाले दिएको उम्मेदवार फिर्ता भएको प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।विज्ञप्ति पुरा पढौ

सिल्टेसन ड्यामको अनियमितता खोज्छौं: आचार्य

पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले पोखरा २३ मा बनेका सिल्टेसन ड्याममा ठूलै रकम घोटला भएको आशंका गरेका छन् । पोखरा २३ को घरदैलो अभियान क्रममा स्थानीयसँग कुरा गर्दै उनले अनियमितता नभएको भए बनाएको २ वर्ष नबित्दै भत्कनु नपर्ने जनाए । गठबन्धनको नेतृत्वलाई जिताउन आग्रह गर्दै उनले आफूहरुले जितेमा ड्याम बनाउँदा भएको कमी, कमजोरी खोजी गर्ने उनले बताए । फेवा किनारमा बस्ने स्थानीयको सुरक्षामा ध्यान दिनेगरी योजना बनाउने… पुरा पढौ

स्रोत यही छन्, इच्छाशक्तिले पोखरा बनाउँछौंः आचार्य

गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यले सबै मिलेर नै पोखरा बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका ७ र १७ को घरदैलोमा उनले एक व्यक्ति वा एक राजनीतिक दलले मात्र पोखरा बनाउन नसक्ने र पोखरा बनाउनका लागि सबैको साथ र समर्थनको आवश्यकता हुने जनाएका हुन् । उनले गठबन्धनको घोषणा पत्रमा उल्लेख गरेका सबै विषयलाई ५ वर्षमा पूरा गर्ने लक्ष्यका साथ चुनावी मैदालनमा होमिएको सुनाए । ‘आजसम्म जुन ढंगले अभिभावकत्व प्रदान… पुरा पढौ

अन्नपूर्णमा माओवादीको चुनावी सरगर्मी बढ्दै

स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेपाल कम्युनिष्ट्र पार्टी (माओवादी केन्द्र) अन्नपूर्ण गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ । त्यस क्रममा सुरुका दिनहरुको तुलनामा नेता, कार्यकर्ता तथा जनसहभागि पनि बढ्दै गएको छ ।सयौंको सहभागितामा आज मंगलवार स्थानीय मराउँचे, ठूलाचौर, सेराचौर लगायतका स्थानमा घरदैलो गरिएको हो । घरदैलोका क्रममा जनताले परिवर्तनको संवाहक पार्टी माओवादी भएको भन्दै गोलाकार भित्रको हसियाँ हैथौडामा मत दिने प्रतिबद्धता जनाए । यस्तै माओवादीले भोली बुधवार पाउँदुर, काँडे,… पुरा पढौ

माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए । उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ… पुरा पढौ

नेकपा एसको चुनावी गीतमा वामदेवको शब्द

नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्। तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहे। सुरुमा नेकपा एकता र पछि एमाले एकता अभियान चलाएका गौतम हाल भने स्वतन्त्र वामपन्थी नेताका रुपमा छन्। यद्यपि, उनले… पुरा पढौ

गठबन्धनको उद्घोषः पोखरामा १ समूह, १ उत्पादन

परम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ । यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे… पुरा पढौ

एमाले उम्मेद्वार थापाले पोखरा बिगारेको पौडेलको आरोप

नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण थापालाई सोधिएको पश्नका सम्बन्धमा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका छन् । प्राईम टाईम टेलिभिजनद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रम । छायाँकनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेद्वार गनेस पौडेलले २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा विगार्न योगदान गरेको आरोप बताएपछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका हुन् । कार्यक्रमका प्रस्तोता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं