पोखरा ३ मा एजेन्डासहित मत माग्दै प्रकाश

पोखरा ३ मा विभिन्न पार्टीका उम्मेदवार मत माग्न घरदैलोमा छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका प्रकाशमान उदास आफ्नो समूहसहित मतदाताको घरदैलोमा छन् ।

उदासले सुशासन र पारदर्शिता, दिगो विकास, प्रविधिमैत्री सेवा, युवा, खेलकुद, रोजगारी, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको विकास आफ्ना एजेन्डा भएको बताए । उनले वडाको फोहोरमैला व्यवस्थापन, महिला सशक्तीकरण, खानेपानी तथा ढल निकास, कला, साहित्यको विकास जस्ता विषय पनि आफ्नो टिमको प्राथमिकतामा रहेको मतदातालाई बताएका छन् ।

यहाँ खुला सदस्यमा नवीन आले र सनकमान सिके, महिला सदस्यमा शान्तिदेवी पराजुली र दलित महिला सदस्यमा सबी परियार उम्मेदवार छन् ।