नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनमा कास्कीको माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा प्रविणा अधिकारीलाई उम्मेदवार बनाएको छ । सानै उमेरमा अखिल क्रान्तिकारीमा आवद्ध भएर माओवादी आन्दोलनमा जोडिएकी अधिकारी यसअघिको निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार थिइन् ।
अहिले उपाध्यक्षकी प्रत्यासी उनी शुक्रबार चुनावी अभियानमा माछापुच्छ«ेका विभिन्न वडामा घरदैलोमा पुगिन् । धम्पुस, धिताल र घाचोकका घरदैलोका क्रममा जनताबाट साथ पाएको दाबी गर्दै उनले यस पटक आफू विजयी हुने बताइन् । उनले भनिन्, ‘जनताले अहिले परिर्वतन चाहेका छन् । यसअघिको माछापुच्छ«े नेतृत्व असफल भएकाले माओवादीको विकल्प छैन ।’
माछापुच्छ«ेका ९ वटै वडाको समानुपातिक विकास आफ्नो प्रमु्ख चुनावी प्रतिवद्धता रहेको उनको भनाइ छ । माओवादी केन्द्रले माछापुच्छ«ेका अधिकांश वडामा एकल उम्मेदवारी दिएको छ । वडा नं ७ धम्पुसमा माओवादीबाट बैकुण्ठप्रसाद भण्डारी अध्यक्षका उम्मेदवार छन् । महिला सदस्यमा कल्पना भण्डारी, दलित सदस्य लक्ष्मी विक र खुला सदस्यमा प्रेम विश्वकर्मा र रामचन्द्र भण्डारी चुनावी मैदानमा छन् ।
धितालमा पूर्णभद्र गौतम माओवादीबाट वडाध्यक्षका प्रत्यासी हुन् । महिला सदस्य सीता अधिकारी, दलित सदस्य बसन्ती नेपाली र खुला सदस्य बबिनराज अधिकारी र रामबहादुर नेपाली सदस्य छन् ।
वडा नं २ को सार्दिखोलामा श्री घले वडाध्यक्षका उम्मेदवार छन् । खुला सदस्यमा पुष्पराज गौतम, विक्रम नेपाली, दलित महिला सदस्य शर्मिला विक र खुला महिला सदस्य पूर्णिमा तामाङ छन् ।
वडा नं ४ लाहाचोकमा माओवादीले चिरञ्जीवी अधिकारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।






