एमाले पोखरा १७ को वाचाः जितपछि पनि घरदैलोमै भेटिन्छौं

चुनाव सकिएपछि गाउँबस्ती बिर्सिएको गुनासो पुरानै हो । गाउँ गाउँका सिंहदरबार मानिने स्थानीय तहमा नयाँ नेतृत्व चुनिँदै छन् । पोखरा १७ का एमालेका उम्मेदवारहरुसँग पनि स्थानीयले चुनावपछि पनि बस्ती र टोललाई नबिर्सिन आग्रह गरे । स्थानीयले भित्री बाटा पक्की बनाउन, खानेपानीको सहज व्यवस्थापन गरिदिन, वडाका सेवा, सुविधा चुस्त बनाउन माग गरे ।

एमालेबाट अध्यक्षकी उम्मेदवार राधिकाकुमारी शाही योगीले गएको कार्यकालभरि बस्ती बस्तीमै पुगेको स्मरण गर्दै अबका ५ वर्ष पनि वडाबासीको घरदैलोमै भेटिने प्रतीज्ञा गरिन् । उनले भनिन्, ‘पहिलो कार्यकालबाट अनुभव लिएका छौं, वडाका विकासका प्राथमिकता छानेका छौं । जनभावना अनुसार काम गर्छाैं ।’

पोखरा महानगरमा जनसंख्यामा दोस्रो ठूलो वडा पोखरा १७ मा एमालेले गएको कार्यकालमा कार्यपालिका सदस्यसमेत रहेकी योगीलाई अध्यक्षमा र वडा सदस्य तारा परिवारलाई फेरि सदस्यमै दोहो¥याएको छ । महिला सदस्यमा विष्ण ुथापा भुजेल र खुला सदस्यमा शिवराम भण्डारी र विक्रम गुरुङ मैदानमा छन् ।

एमाले वडा कमिटीले शुक्रबार पोखरा १७ को सिद्धार्थ राजमार्गका दायाँ बायाँका टोल र डेमसाइड क्षेत्रमा घरदैलो गरेको छ । सदस्यका उम्मेदवार भण्डारीले घरदैलोमा कार्यकर्ता र मतदाताको उत्साहजनक सहभागिता र मतदाताको स्वागत र व्यवहारले विजय भइसकेको आभास दिलाएको सुनाए ।