समाचार

देउवाकै वडामा कांग्रेस पराजित

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी ९करुवा चुनाव चिन्ह० का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए । पुरा पढौ

शनिबार र आइतबार स्कलु बन्द गर्न निर्देशन

सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो । देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा… पुरा पढौ

बागलुङका मतगणना स्थलमा सिसी क्यामेरा र तारजाली

सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । बागलुङका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार जिल्लाका १०… पुरा पढौ

पर्यटन र कृषिबाटै पुम्दीभुम्दीको समृद्धिः हिमलाल

पोखराको मुख्य बजारदेखि नजिक रहेर पनि विकासमा पछि परेको पोखरा २२ पुम्दी भुम्दीमा पर्यटन र कृषिको उतिकै सम्भावना रहेको छ । आज भन्दा करिब ५ दशक अघि सिद्धार्थ राजमार्ग जोडिएको पुम्दी भुम्दीमा दृर्ण इच्छा शक्ति भएको व्यक्ति नभएको कारण अझै पनि विकासमा पछि परेको स्थानियको गुनासो रहेको छ । लामो समय देखि सामाजिक क्षेत्रमा लाग्नु भएको व्यक्ति जसलाई मुख्यतः ४ राजनीतिक दलले समेत काध थापेर पोखरा २२ को वडा अध्यक्षमा… पुरा पढौ

जित्छु, पराजित भएछु भने पनि जनतासँगै हुन्छुः सोममाया

एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर देशको मुहार परिवर्तन गर्ने सपना देख्नेहरु पनि अहिलेको स्थानीय चुनावमा सहभागी भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छैन । दर्ता नभए पनि स्वतन्त्र उम्मेदवार ठाउँ ठाउँमा नेकपाले उठाएको छ । यही चुनावमा सहभागित लगायतका विषयमा विवाद भएपछि केही नेताले अलग पार्टीसमेत बनाएका छन् । विप्लव नेतृत्वको नेकपाबाट पोखरा महानगरमा मेयरमा किसानसिंह गुरुङ र उपमेयरमा सोममाया विश्वकर्मा उम्मेदवार छन् ।… पुरा पढौ

मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् । मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने… पुरा पढौ

पोखराका वागी विमलले धनराज आचार्यलाई सघाउने

पार्टीको नीतिप्रति असहमति जनाउदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा ‘वागी’ उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताएका छन् । ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई… पुरा पढौ

निर्वाचन अधिकृत नै पार्टीको प्रचारमा !

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिताविपरीत काम गरेको आरोपमा हटाएको छ । कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको हो । उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ । मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट हटाइएको सो पदमा बागमती… पुरा पढौ

पुम्दीभुम्दीको बाँदरको समस्या समाधान गर्ने प्रतिवद्धता

पोखरा २२ पुम्दीभुम्दीमा बादर नियन्त्रणका लागि विषेश पहल गर्ने गठबन्धनबाट वडाध्यक्षका प्रत्यासी हिमलाल बरालले बताएका छन् । घरदैलोमा मतदाताका समस्या सुनेपछि उनले बादर नियन्त्रणमा बिषेश पहल गर्ने बताएका हुन् । स्वतन्त्र उम्मेदवार बराल भूईकटहर चिन्ह लिएर मैदानमा छन् । आफूले जित हाँसिल गरे बादर नियन्त्रणका लागि बिउ पुँजीको रुपमा क्षतिपूर्तिको व्यवस्था, वैकल्पिक खेती वाली तथा कृषि बिमा लगायतका कार्यक्रम ल्याउने आश्वासन दिए । आइतबार सिमलटारी, साइस्वाँरा, फलेटे लगायतका क्षेत्रमा घर… पुरा पढौ

पृथ्वीचोकमा आधुनिक बसपार्क: धनराज

पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार पोखरा ९ को चुनावी आम सभामा बोल्दै उनले गठबन्धन सरकारले जितेको दुई वर्ष भित्र नै सिटी बसपार्क बनाउने बताएका हुन् । उनले पोखरा महानगरपालिकालाई सुव्यवस्थित महानगर बनाउँदै पोखरा ९ मा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको बताए । उनले पोखराको ल्याण्डफिल साइडको व्यवस्थापन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं