दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा एमालेका नरसिंह चैंसिर निर्वाचित भएका छन् ।
कांग्रेसका हंसराज भट्टलाई पराजित गर्दै एमालेका चैंसिर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित चैसिरले ५ हजार ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराजले ३ हजार ८८७ मत पाए ।
महाकाली नगरपालिका कांग्रेस नेता तथा उद्योगमन्त्री दिलेन्द्र बडुको गृहनगर हो ।
यस्तै उपमेयरमा एमालेकी दुर्गा कुमारी खत्री निर्वाचित भएकी छिन् । खत्रीले कांग्रेसकी सुना बोहरालाई पराजित गरेकी हुन् ।
उपमेयरमा निर्वाचित खत्रीले ४ हजार ६३६ मत प्राप्त गर्दा कांग्रेसकी बोहराले ४ हजार १८२ मत पाइन् ।






