बंगलाचुली अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन ९सुवास० र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।

अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई २ हजार ७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ६७८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भए । उनले ५ हजार ९४५ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । आठ वटा वडाहरुमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् ।