समाचार

पोखरा १ को अध्यक्षमा एमालेका सहारा विजयी

पोखरा महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान बिजयी भएका छन् । आज विहान सम्पन्न मतगणनामा निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान बिजयी भएका हुन् । प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरे । ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएको छ । खुल्ला सदस्यतर्फ एमालेका ऋषिराम पौडेल… पुरा पढौ

बंगलाचुली अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन ९सुवास० र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् । अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई २ हजार ७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ६७८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भए । उनले ५ हजार ९४५ मत ल्याएका… पुरा पढौ

उद्योगमन्त्री दिलेन्द्र बडुको गृहनगरमा कांग्रेस पराजित

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा एमालेका नरसिंह चैंसिर निर्वाचित भएका छन् । कांग्रेसका हंसराज भट्टलाई पराजित गर्दै एमालेका चैंसिर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित चैसिरले ५ हजार ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराजले ३ हजार ८८७ मत पाए । महाकाली नगरपालिका कांग्रेस नेता तथा उद्योगमन्त्री दिलेन्द्र बडुको गृहनगर हो । यस्तै उपमेयरमा एमालेकी दुर्गा कुमारी खत्री निर्वाचित भएकी छिन् । खत्रीले कांग्रेसकी सुना बोहरालाई पराजित गरेकी… पुरा पढौ

३ मिल्दा पनि थवाङमा माओवादी विजयी

रोल्पाको थवाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द’ नेकपा समुहलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन् । काँग्रेस, एमाले, विप्लव समुहका दलजीत रोकामगर र उपाध्यक्षमा रायनबहादुर पुन मगरलाई उठाएका थिए । माओवादी बुढाले २१२२ मत पाउँदा विप्लव समुहका रोकामगरले १५०६ मत ल्याएका थिए । माओवादीका बुढाले विप्लव समुहका रोकामगरलाई ६१६ मत अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा माओवादीकी शर्मिला बुढामगर २… पुरा पढौ

नेपाल भलिबल संघका उपाध्यक्ष गुरुङ वडाध्यक्षमा पराजित

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेको गुरुङ नेपाली काँग्रेसका उम्मेदवार नारायण पौडेलसँग पराजित भएका हुन् । गुरुङले ५५७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार पौडेलले ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफुलाई पार्टीभित्रैबाट अन्तरघात… पुरा पढौ

स्याङ्जाको हरिनास अध्यक्षमा दोहोरिए खिम

स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । उनले ४ हजार ७६९ मत पाए । मानन्धरले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले हराएका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी ईन्द्रकुमारी राना थापा विजयी भएकी छन् । उनले ४ हजार ७ सय ४० मत ल्याएकी छन् । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७ सय १६ मत ल्याएर दोस्रो… पुरा पढौ

धनराज भन्दा कृष्ण थापा १ सय ५ मतल पछि

पोखरा, १ जेठपोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर… पुरा पढौ

३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता

पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे । राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनका कोपिला रानाभाटले १ हजार २… पुरा पढौ

ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक निर्वाचित

ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर विक हिमाल निर्वाचित भएका छन्। आईतबार बिहान सम्पन्न मतगणनामा पाँच दलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका उनले कुल २२८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई १९५ मतले पछि पारेर उनी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।   माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित प्रकाश घर्तीले यस पटक पनि उम्मेदवार बन्ने चाहाना राख्दा पार्टी टिकट नदिएपछि स्वतन्त्र… पुरा पढौ

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भारी वृद्धि

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं