पोखरा १ को अध्यक्षमा एमालेका सहारा विजयी

पोखरा महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान बिजयी भएका छन् । आज विहान सम्पन्न मतगणनामा निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान बिजयी भएका हुन् ।

प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरे ।

३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएको छ । खुल्ला सदस्यतर्फ एमालेका ऋषिराम पौडेल र कांग्रेसका रामजीप्रसाद पौडेल बिजयी भएका छन् । महिला सदस्यमा शोभा गुरुङ र दलित महिला सदस्यमा सुकमाया दमाई चुनिए ।