सिस्नेमा कांग्रेस-एमाले गठबन्धन तोड्दै माओवादी विजयी

रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ ।

यस्तै, उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भएका छन् । उनले ३७६१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका आस्था विकले ३४७४ मत ल्याइन् । यहाँ एमाले र कांग्रेसको गठबन्धन थियो ।