नेकपा एसका वागी मेयर निर्वाचित

कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् ।

मेयर निर्वाचित भएका कमलबहादुर नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन् । शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

शाहीले २९१९ मत पाएर मेयरमा विजयी भएका हुन् । हाँस चिह्नमा चुनाव लडेका शाहीले प्रतिस्पर्धी एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले २००९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका ताराकुमारी शाहले १७९३ मत पाएकी छन् ।

खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भएका छन् । उनले २९२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए ।