हंसपुरको विकास गर्ने वाचासहित कृष्ण चुनावी मैदानमा

नेकपा एमालेबाट रुपा ७ उम्मेदवारहरु अहिले वडाको विकासको एजेन्डासहित मत मागिरहेका छन् । वडाध्यक्षका उम्मेदवार कृष्णराज सुवेदीले नयाँ सोच, नेतृत्वले वडाको मुहार फेर्ने प्रतिवद्धता गरे ।

दर्जन बढी सामाजिक संघ, संस्थामा आवद्ध सुवेदी २ दशक शिक्षण गरेका थिए । शिक्षकबाट राजीनामा दिएर उनी उम्मेद्वार बनेका हुन् । वडाको समृद्धिका लागि कृषि, शिक्षा, स्वास्थ्य जस्ता कुरामा ध्यान दिने र वडाका सेवा, सुविधा सहज रुपमा नागरिकलाई प्रदान गर्ने उनले प्रतिवद्धता गरे ।

रुपा ७ मा खुला सदस्यमा दामोदर भट्टराई र राजेन्द्र न्यौपाने, महिला सदस्यमा कृष्णकुमारी थापा र दलित महिला सदस्यमा शोभा विश्वकर्मा उम्मेदवार छन् ।