समाचार

विकासको कामका निर्णय बन्द कोठामा हुँदैन :धनराज आचार्य

पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पोखरा महानगरको वडा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानियसँग समन्वय नहुन दुःखद रहेको बताए । उनले उक्त कुरामा आफू स्थानीय जनतासंग छलफल गरेर न्यायपुर्ण संगतमा अघि बढ्ने बताए । उनले राजमार्ग देखि वडा २ देखि ३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुदा… पुरा पढौ

उपमेयर उम्मेदवार रानाभाट भन्छिन् : एमालेका कारण पोखराको ग्रामिण भेग पछाडी पर्यो

गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले एमालेका कारण पोखराको ग्रामिण क्षेत्र पछाडी परेको बताएकी छन् । उनले विकासको लहर ल्याउन गठबन्धनलाई जिताउन समेत आग्रह गरेकी छिन् । हिजोको सरकारले वडामा केन्द्रित गरेर ल्याएका कुनै पनि कार्यक्रम प्रभावकारी नभएको बताउँदै गठबन्धनले नै जनताको आकांक्षा पुरा गर्ने रानाभाटले बताइन् । उनले आफुलाई कुनै लोभ र लालच नभएको र अब महानगरबासीको सपना पूरा गर्ने प्रतिबद्धताका साथ आफु चुनावी… पुरा पढौ

कांग्रेस अन्नपूर्णका उम्मेदवार खेतबारीमै पुगे

नेपाली कांग्रेस अन्नपूर्णले गाउँ केन्द्रित चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार जनतासँग घरदैलोमा व्यस्त छन् । अन्नपूर्ण गाउँपालिकामा ७ माझ गाउँका टेल्का, भिचुक लगायतका ठाउँमा नेपाली कांग्रेसको तर्फबाट पालिका प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका उम्मेदवारसहितका नेता तथा कार्यकर्ता मतदातासँग मत माग्न घर घरमा पुगेका हुन् । अन्नपूर्ण गाउँपालिका अध्यक्षका उम्मेदवार युवराज कुँवर र उपाध्यक्ष उम्मेदवार खिमकुमारी गुरूङले जनताका समस्या समाधान… पुरा पढौ

पोखरा १७ को विकासको खाकासहित मत माग्दै एमाले उम्मेदवार

यही ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर उम्मेदवार, नेता, कार्यकर्ता मत माग्न अहिले घरदैलोमा छन् । पोखरा १७ का एमालेका उम्मेदवारहरु पनि नेता, कार्यकर्तासहित अहिले जनताको घर घर पुगिरहेका छन् । अध्यक्षकी उम्मेदवार राधिकाकुमारी शाही योगीले आफ्ना एजेन्डा र अहिलेको कार्यकालमा गरेको काम नै जित्ने मुख्य आधार भएको बताइन् । वडाबासीको गुनासा सुन्न र तत्काल काम गर्न वडामा हेल्प डेस्था स्थापना गरिने उनको भनाइ छ । व्यवस्थित पर्यटन विकास,… पुरा पढौ

पोखरा ३ मा काँग्रेसको चुनावी घरदैलो

पोखरा ३ मा नेपाली काँग्रेसको चुनावी घरदैलो अभियान जारी छ । बिहीबारबाट सुरु गरिएको घरदैलो अभियान हालसम्म पालिखेचोक, शंकर टोल, भिसि मार्ग लगायतका क्षेत्रमा भइसकेको छ । उम्मेदवार परिचय, चुनावी सचेतनासहित घरदैलो सोमबार बिहान पालिखे चोकबाट सुरु भई गिरिजा चोक हुँदै धर्मका शिला बुद्ध विहार मार्ग, कोपिल ढुंगा ,कन्यामार्ग लगायतका क्षेत्रमा हुने चुनाव प्रचारप्रसार समिति संयोजक विक्रम उदासले बताए । वडाध्यक्षका उम्मेदवार प्रकाश उदासले घरदैलोमा मत माग्दै जनताको अपेक्षसमेत बुझिरहेको… पुरा पढौ

मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् । इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी परेको छ। वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। इनरुवा कांग्रेस नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको बताएका छन् । मेहेताले पार्टी निर्णय मानेको प्रतिक्रिया दिए । पुरा पढौ

एमाले गण्डकी प्रदेशका दुई सदस्य माओवादीमै फर्किए

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य दधिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । १० वर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उनीहरुले बताएका छन् । ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता… पुरा पढौ

विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा पराजुलीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुनुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । पुरा पढौ

जीतपुर सिमरामा वडाध्यक्षको उम्मेदवारी खारेज

बारा, १४ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। उपमहानगरको वडा नं. ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो। चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको हो।जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै… पुरा पढौ

सोडारीले दिए काँग्रेसबाट बागी वडा अध्यक्षमा उम्मेदवारी

 पालुङ्टार नगरपालिका वडा नम्बर ४ काे वडाध्यक्षमा युवा नेता कृष्ण प्रसाद साेडारीले बागी उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका साेडारीले पार्टीकाे नगर कमिटिले आफ्नाे वडामा जनताकाे चाहाना र मर्म विपरित टिकट वितरण गरेकाे भन्दै बागी उम्मेदवारी दिएकाे बताएका छन् । उनले साेमबार ठाँटीपाेखरी स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर वडाध्यक्षमा मनाेनयन दर्ता गराएका हुन् । बिधार्थी जिवनदेखि नै पार्टी र भातृसंगठनहरुकाे बिभिन्न पदमा रहेर संगठन र जनताकाे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं