समाचार

पोखराको मेयर र उपमेयरमा विप्लवको पार्टीको उम्मेदवारी

पोखरा महानगरको मेयर र उपमेयरमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दर्ता गराएको छ । आइतबार नेकपा नेता किसानसिंह गुरुङले मेयरमा र सोममाया विश्वकर्माले उपमेयरमा उम्मदवारी दर्ता गराएका हुन् । विप्लवको पार्टीमा बहुसंख्यक केन्द्रीय सदस्य चुनावमा भाग लिन नहुने पक्षमा छन् । आइतबार पोखराको मेयर र उपमेयरमा गरी १५ जनाको उम्मेदवारी परेको छ । आज स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले र सत्ता गठबन्धनका उम्मेदवारले सोमबार… पुरा पढौ

नन्द इन्टरटेन्टमेन्टबाट सामाजिक व्यक्तित्वहरु सम्मानित

नन्द इन्टरटेन्टमेन्ट हाउसले शनिबार विभिन्न व्यक्तित्वलाई सोसल आइडल अवार्ड सिजन २ बाट सम्मान गरेको छ । अंग्रेजी नेपाली साक्षरता अभियान नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा राजनीतिज्ञ शारदा पौडेल, पर्यटन व्यवसायी इन्दिरा पौडेल, महिला उद्यमी रामकली खड्का, शिक्षा क्षेत्रबाट इन्जिनियर किरण केसी र स्वास्थ्य क्षेत्रबाट डा नारायण गुरुङ र ठाकुर पन्तलाई सम्मान गरेको हो । कार्यक्रममा साहित्यकार भीम रानाभाट, पत्रकार श्याम कुँवर, उद्यमी सुमन श्रेष्ठ, तेस्रो लिंगी आनिक रानमगर, जनप्रतिनिधि राधिका शाही… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख संकलन

पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा… पुरा पढौ

मनाङमा भएको घोडा दौडमा सोनाम च्याम्पियन

मनाङमा पहिलो पटक  भएको घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको दौडमा  ५  प्रतिस्पर्धी थिए । झण्डै तीन किलोमिटर दौडमा दोस्रो स्थानमा कर्मटासी गुरुङ, तेस्रो स्थानमा कर्माक्षेत्र गुरुङ आउँदा कुमार गुरुङ चौथो स्थानमा रहे । घोडा दौड विजेताले नगद ७५ हजार पाउँदा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले हिमाली जिल्लाको… पुरा पढौ

डेन्टल हाइजिनिस्ट एसोसिएसन गण्डकीको भित्तेपात्रो

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन गण्डकी प्रदेश कमिटीले भित्तेपात्रो प्रकाशन गरेको छ । नयाँ वर्ष ०७९ को शुभकामना आदानप्रदानसमेत भएको कार्यक्रममा संस्थाका केन्द्रीय सचिव एवं प्रवक्ता सरोज अधिकारीले भित्तेपात्रो लोकार्पण गरे । सचिव अधिकारीले अबका दिनमा आफ्नो हक, अधिकारप्रति एसोसियसन गम्भीर भएरअघि बढ्ने बताए । उनले डेन्टल हाइजिनिस्टहरुले दान्त तथा मुख रोगको उपचारका लागि ठूलो योगदान दिइरहेको जनाए । एसोसिएसन गण्डकी अध्यक्ष युवराज पौडेलले संस्था डेन्टल हाइजिनिस्टहरुको अधिकारका लागि योजनावद्ध… पुरा पढौ

माधव वियोगी सम्मान हरिदेवीलाई

हरेक वर्ष छन्द दिवसमा प्रदान गरिने माधव वियोगी सम्मान २०७९ अग्रज लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालको शनिबार बसेको बैठकले यो निर्णय गरेको हो । लामो समयदेखि लोकगीत गायन र संकलन तथा सिर्जनात्मक कार्यमा योगदान गरेकाले कोइरालालाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले जानकारी दिए । यही वैशाख ८ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्य र माधव वियोगी वाङ्मय प्रतिष्ठान… पुरा पढौ

विशाल महादेव मुर्ति परियोजना पूरा गर्न पुम्दीकोटमा महायज्ञ

पोखरा २२, पुम्दीभुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा १२ वैशाखसम्म महायज्ञ चल्नेछ । महायज्ञको उद्घाटन उध्र्वाम्नाय श्री काशी सुमेरु पीठाधीश्वर जगतगुरु शंकराचार्य स्वामी नरेन्द्रनन्द सरस्वतीजी महाराजले गरे । उनले विश्वमा शान्ति कायम गर्न सनातन धर्मले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालको पछिल्लो राजनीतिक परिवर्तनले गर्दा हाल नेपालमा अझै दिगो शान्ति कायम हुन नसकेको उनको टिप्पणी छ । पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले… पुरा पढौ

मुक्तिनाथ मन्दिरको उकालोमा लेक लागेर मृत्यु

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि जाने क्रममा लेक लागेर भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको तिलंगना मराहपुराम नगर घर भएका ६० वर्षीय मुठैया यामसानीको लेक लागेर शनिबार मृत्यु भएको हो । उनी रानीपौवा बजारको गेटबाट उकालो चढ्ने बेलामा बेहोस भई ढलेका थिए । बेहोस यामसानीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यामसानी श्रीमतीसहित ६० भारतीयको टोलीमा समिट एअरबाट जोमसोम आएका थिए । पुरा पढौ

कांग्रेस पोखराः मेयरमा १८ र उपमेयरमा १० उम्मेदवार

नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका आकांक्षीले आइतबार आवेदन दिएका हुन् । मेयरमा आवेदन दिनेमा बाबुराम आचार्य, किशोरदत्त बराल, कृष्णबहादुर केसी, विन्दुकुमार थापा, किरण केसी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, सुदीपमोहन भट्टराई, नन्दप्रसाद तिवारी, निर्मलप्रसाद कर्मचार्य, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, सरस्वती गुरुङ, कोपिला रानाभाट, विश्व घिमिरे र… पुरा पढौ

एकीकृत समाजवादीले रुपामा कपिललाई अध्यक्ष उठाउने

नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो । रुपा गाउँपालिका ७ का २४ वर्षीय पौडेल उक्त पार्टीको जिल्ला सचिवालय सदस्य र गाउँपालिका सहइन्चार्ज हुन् । अखिलको प्रारम्भीक कमिटीबाट राजनीतिमा छिरेका उनी एमालेको भ्रातृ संगठनका विभिन्न पदमा काम गरेपछि पार्टी विभाजनका बेला समाजवादी रोजेका हुन् । पार्टीले सानै उमेरमा दिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं