पोखराको मेयर र उपमेयरमा विप्लवको पार्टीको उम्मेदवारी

पोखरा महानगरको मेयर र उपमेयरमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दर्ता गराएको छ ।

आइतबार नेकपा नेता किसानसिंह गुरुङले मेयरमा र सोममाया विश्वकर्माले उपमेयरमा उम्मदवारी दर्ता गराएका हुन् । विप्लवको पार्टीमा बहुसंख्यक केन्द्रीय सदस्य चुनावमा भाग लिन नहुने पक्षमा छन् ।

आइतबार पोखराको मेयर र उपमेयरमा गरी १५ जनाको उम्मेदवारी परेको छ । आज स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले र सत्ता गठबन्धनका उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउने छन् ।