ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट धनबहादुर विक ‘हिमाल’ लाई अध्यक्षमा उम्मेदवार बनाएपछि घर्तीले वागी हालेका हुन् ।
पहिलो कार्यकाल नीति नियम निर्माण र सिक्दैमा बितेको जिकिर गर्दै उनले सुरु भएका योजना पूरा गर्न अध्यक्ष नदिइएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
घर्तीले उम्मेदवारी फिर्ता नलिने र पार्टीले अनुशासनको कारवाही गरे भोग्न तयार रहेको सुनाए । उनले भने, ‘कुनै पनि हालतमा उम्मेदवारी फिर्ता हुँदैन । म अरु कुनै पार्टीमा जान्न ।




