डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कास्कीमा अध्यक्षमा अनिलप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ ।
उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा संकल्प ढुंगाना, सहसचिवमा कृतिक जगन्नाथ लामिछाने, कोषाध्यक्षमा प्रकाश बिसुराल छन् । सदस्यमा विनोद केसी, सरोज पौडेल र सुमन अधिकारी छन् ।
शुक्रबार भएका११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चुनेको हो । कार्यक्रममा कामेश्वरप्रसाद सिंहले डिप्लोमा ईन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सहकार्य भएको र यो सहकार्य नेपालका डिप्लोमा ईन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी भएको छ अध्यक्ष सिंहले बताए ।
कृष्णप्रसाद जमरकट्टेलको अध्यक्षता भएको कार्यक्रममा डीनका केन्द्रिय सदस्य दर्पण पोख्रेलले पनि बोलेका थिए ।






