पोखरा ३ मा काँग्रेसको चुनावी घरदैलो

पोखरा ३ मा नेपाली काँग्रेसको चुनावी घरदैलो अभियान जारी छ ।

बिहीबारबाट सुरु गरिएको घरदैलो अभियान हालसम्म पालिखेचोक, शंकर टोल, भिसि मार्ग लगायतका क्षेत्रमा भइसकेको छ । उम्मेदवार परिचय, चुनावी सचेतनासहित घरदैलो सोमबार बिहान पालिखे चोकबाट सुरु भई गिरिजा चोक हुँदै धर्मका शिला बुद्ध विहार मार्ग, कोपिल ढुंगा ,कन्यामार्ग लगायतका क्षेत्रमा हुने चुनाव प्रचारप्रसार समिति संयोजक विक्रम उदासले बताए ।

वडाध्यक्षका उम्मेदवार प्रकाश उदासले घरदैलोमा मत माग्दै जनताको अपेक्षसमेत बुझिरहेको बताए । उनले वडाको सर्वांगीण विकासका लागि आफू र आफ्नो टिमलाई जिताउन आग्रह गरे ।

यस वडामा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्य शान्तिदेवी पराजुली, दलित महिला सदस्य सवि परियार, खुल्ला सदस्यतर्फ नवीन आले र सनकमान सिके उम्मेदवार छन् ।