समाचार

पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण

पोखरा, २५ कात्तिक आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर, खोरपाखा चनौटे लगायतका स्थानमा पुगेका उम्मेदवाहरुले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक र कोल्ड स्टोर रहेको बताएका हुन् । प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बरालले आफु र नेता खिमलाल देवकोटाको… पुरा पढौ

युआरएल पुरस्कारका लागि छनोट समिति

युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए । ३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ । समितिमा एक चिकित्सक र अर्का एक सदस्य नागरिक अधिकारकर्मीबाट रहनेछन् । युआरएलले स्थापना तथा सञ्चालन गर्दै आएको यो… पुरा पढौ

समृद्धिका योजनाकारको सांसद सपना

मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका… पुरा पढौ

गठबन्धनको अर्जुनदृष्टिः कृषि र पर्यटन

देश संघीय संरचनामा गैसकेपछि पहिलो पटक २०७४ सालमा प्रदेश सभा संरचनाको निर्वाचन भयो । तत्कालीन नेकपाले मुलुकका ६ वटा प्रदेशमा एकल बहुमतको सरकार बनायो । सोही अनुरुप गण्डकी प्रदेशमा पनि नेकपाको सरकार बन्यो । गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डलमा कृषि मन्त्री थिए, नेकपा (माओवादी) केन्द्रका नेता लेखबहादुर थापा । उनी कृषिमन्त्री भएपछि प्रदेशका किसानलाई तरंगित पार्ने गरी एउटा कार्यक्रम ल्याए । त्यो कार्यक्रम हो, जग्गाको चक्लाबन्दी मार्फत सामुहिक खेती । यो… पुरा पढौ

हामीले बनाएको पुलमा अरुको राजनीतिः दीपक

पोखरा, २२ कात्तिकनेकपा (माओवादी केन्द्र) का युवा नेता तथा आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की १ (१) बाट ५ दलीय गठबन्धनका उम्मेदवार दीपक कोइरालाले आफ्नो पहलमा बनेको विकास संरचनामाथि राजनीति नगर्न र भ्रम नछर्न विपक्षी गठबन्धनलाई आग्रह गरेका छन् । विपक्षी गठबन्धनका केही व्यक्तिले रुपातालमाथि बनेको झोलुंगे पुल आफ्रले बनाएको भनेर भ्रम छर्ने गरेको भन्दै उनले विकासका काममा राजनीति नगर्न आग्रह गरेका हुन् । उनले यस्तो फोहोरी… पुरा पढौ

आर्वाको विकासमा लागि पर्नेछु : गुरुङ

पोखरा, कात्तिक २२ गते ।बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु… पुरा पढौ

म पाहुना होइन, पाहुनालाई स्वागत गर्ने मान्छे हुँः लामिछाने

पोखरा, २१ कात्तिककास्की २ (१)मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूले पोखरा महानगर र कास्कीको योजनावद्ध विकासका लागि लामो समय काम गरेको जनाएका छन् । उनले कास्कीमा जन्मेर यही शिक्षादीक्षा, राजनीति, समाजसेवादेखि प्राकृतिक संरक्षणमा काम गरेको उल्लेख गरे । पोखरा २१ मा मंगलबार भएको घरदैलो  र कोणसभामा उनले आफूलाई केही मानिसले पर्यटक भनेको भन्दै आश्चर्य व्यक्त गरे । माओवादी केन्द्रका नेतासमेत रहेका लामिछानेले भने, ‘कास्कीमा जन्में, यही हुर्कें, राजनीति र… पुरा पढौ

सांसद बन्ने दौडमा गुरुङ फिल्मका हिरो

कात्तिक २२, २०७९ मंगलबार दिउँसो पोखरा १३ स्थित जय नेपाल मार्गमा एमालेको घरदैलो हुने कार्यतालिका थियो । कार्यक्रम हुने सुचना पाएपछि स्थानिय बासिन्दा नजिकको चौतारामा जम्मा हुँदै थिए । केहि समयपछि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ उपस्थित भए । भेला भएर बसेका स्थानिय देखेपछि गुरुङले नमस्ते गर्दै भने - नमस्ते ! म श्याम गुरुङ । गुरुङको वाक्य पुरा नहुँदै स्थानिय… पुरा पढौ

कोईरालाको वान्स अगेनमा रुपाका जनताको समर्थन

पोखरा, कात्तिक २१ आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढा उम्मेदवारलाई हराउनुपर्छ भन्दै देशव्यापी रुपमा ‘नो नट अगेन’ अभियान सञ्चालन भईरहेको छ । कास्कीमा पनि ठाउँठाउँमा यो अभियान सञ्चालन भईरहेको छ । यसको प्रभाव कास्की–१ को (१) मा पनि पर्न थालेको छ । सो क्षेत्रमा युवा नेता दीपक कोईरालालाई वान्स अगेन भन्दै स्वागत गरिएको छ । चुनावी अभियानका क्रममा रुपा गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने नेपाल पाखा,… पुरा पढौ

संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने

पोखरा २१ कात्तिक आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) मा ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनवी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका हुन् । जवाफमा मतदाताले आफ्नो ठाउँको बिकासको लागि नेतृत्व फेर्न तयार भएको बताएका छन् । कार्यक्रममा ठुलीस्वाँरा टोल बिकास संस्थाका बलबहादुर आलेले बाटो नभएर दुख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं