समाचार

आरजूलाई युआरएल पत्रकारिता पुरस्कार

युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो… पुरा पढौ

पोखरामा फोर नेसन्सको शाखा

अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका मुलुकमा अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ । यसरी जाने विद्यार्थीलाई सघाउने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन् । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ । अस्टे«लियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अस्टे«लियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत… पुरा पढौ

खगराजः जित सहज, मुख्यमन्त्री अनिश्चित

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी संघ छाडेर प्रदेशसभा झर्लान् भन्ने कमैलाई लागेको थियो । संघीय सांसद र गृहमन्त्रीसमेत भइसकेका अधिकारी यसपालिको चुनावमा कास्की १ (१) मा उम्मेदवार बने । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा र उनका अलग अलग गुट भएको गण्डकीमा एमालेलाई आफ्नैबाट अप्ठेरो पर्ने विश्लेषण हुँदै थियो । संयोगले पृथ्वीसुब्बाले संघ र खगराजले प्रदेशमा चुनाव जितेका छन् । अघिल्लो पटक आफैंले मत मागेका माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालामाथि… पुरा पढौ

तीन मत बढी ल्याएर प्रदेश सांसद !

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा २ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामालाई ३ मतले हराएका हुन्। कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन… पुरा पढौ

नेकपा पोखराले मनायो पार्टी पुनर्गठन दिवस

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोखरा नवौं पार्टी पुर्नगठन दिवस बिहीबार मनाएको छ । पार्टीको महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागीले आपसमा खुसीयाली साट्दै एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा श्रमिक समुदाय मोर्चा केन्द्रीय सचिव उमेश सिकेले सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र नेपाली जनताको मुक्ति सम्भव रहेको बताए । उनले भने, ‘हाम्रो पार्टी शासन व्यवस्था बदल्ने जनताको मुक्ति र समाजवादको यात्रामा छ । विस्तारै… पुरा पढौ

कास्की २ (१)का उम्मेदवारले कुटे वृद्ध मतदाता

कास्कीको क्षेत्र नं. २ (१) का उम्मेदवार चेतबहादुर महतले शनिबार ७४ वर्षीय वृद्धलाई कुटपिट गरेका छन् । हाम्रो नेपाली पार्टीका उम्म्देवार महतले पोखरा ३३ भरतपोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् । शून्य समयमा मत माग्दै हिडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए । अधिकारीले भनेका थिए, ‘चुनावपिच्छे पार्टी फेर्दै आउँछौं, हामी के गरौं ?’ अधिकारीले यति भनेपछि महतले हातपात गरेका थिए । घटनाबारे प्रहरीलाई… पुरा पढौ

कुमारजीले अघि सारेका योजनाको दायित्व लिन्छुः विन्दु

गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले कुमार खड्काले अघि सारेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्यक्ष उम्मेदवार बनेका थापाले आफू क्षेत्र २ को विकासमा दत्तचित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै यस्तो बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने… पुरा पढौ

गठबन्धनलाई मत माग्छु, भोट हाल्छुः कुमार खड्का

कांग्रेस नेता एवं गण्डकी प्रदेशका हालै बर्खास्त भएका मन्त्री कुमार खड्काले पाँच दलीय गठबन्धनलाई मत माग्ने र भोट हाल्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू कांग्रेस कार्यकर्ता भएकाले कांग्रेसकै झन्डा ओढेर मर्ने सुनाए । उनले भने, ‘म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर मैले के अपराध गरेँ भन्ने अझै थाहा पाएको छैन।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका थिए । खड्कामाथि सत्ता गठबन्धन… पुरा पढौ

पोखरा म्याराथन तयारी सुरु

पोखरा, ३० कत्तिकनेपाली अग्रज खेलाडीको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो । १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४… पुरा पढौ

पोखराको मुख्य बजार जोड्न चक्रपथः विन्दु थापा

गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं