
नेपाल नर्सिङ संघ कास्की जिल्ला समिति अध्यक्षमा मुना सिलवाल निर्वाचित भएकी छन् । सिलवाल गण्डकी मेडिकल कलेज पोखराकी सहप्राध्यापक हुन् ।
समितिको उपाध्यक्षमा चरक नर्सिङ क्याम्पसका सहप्राध्यापक मिनु श्रेष्ठ, सचिवमा पोखरा नर्सिङ क्याम्पसका सहप्राध्यापक शारदा शर्मा र कोषाध्यमा रीता अधिकारी छन् । सदस्यमा पुष्पा शर्मा, पूजा भण्डारी, शान्ति खड्का, सन्ध्या श्रेष्ठ, धना गुरुङ र कविता थापा निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनले सिलवालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चुनेको निर्वाचन उपसमिति संयोजक निरुपा थापाले जानकारी दिइन् । नेपाल नर्सिङ संघ कास्की नर्सिङ पेशाको हक हितका लागि २०४१ सालमा स्थापना भएको हो ।