समाचार

ढुंगेसाँघु सीतापाइलामा नयाँ नेतृत्व

ढुंगेसाँघु सीतापाइला आमा समूहको बिहीबार भएको नवौं साधारणसभा तथा चौथों अधिवेशनले सीता काफ्ले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा जूना मल्ल, सचिव लक्ष्मी शर्मा भण्डारी, कोषाध्यक्ष मनमाया कुँवर र सहसचिवमा ईन्द्रमाया रानामगर छन् । कार्यसमिति सदस्यमा मनमाया गुरुङ, ईन्द्रशोभा घले, भीमकुमारी विक, तोककुमारी राना, देवी राना, सूर्यकला गुरुङ, खरिका भण्डारी, धनकुमारी गुरुङ, सन्तुमाया श्रेष्ठ र माया राना छन् । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष रधिका शाही योगीले… पुरा पढौ

पोखराका मेलमिलापकर्तालाई तालिम

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मुद्धा, मामिलामा जान पर्ने अवस्था आउन नदिने गरी स्थानीय तहमा विवाद समाधान गर्न सके नागरिकलाई सहज हुने बताए । उनले मेलमिलापकर्ताको कानुनी व्यवस्था भएको जनाउँदै मेलमिलापकर्ताले मध्यस्थकर्ताको भूमिका खेलेर विवाद समाधानमा भूमिका खेल्नुपर्ने बताए । उनले पोखरा महानगरपालिकाको न्यायिक समिति अघिल्लो ५ वर्षमा उत्कृष्ट बनेको चर्चा गर्दै आगामी दिनमा पनि न्याय सम्पादनमा… पुरा पढौ

जनप्रिय क्याम्पसलाई जग्गा दिने मेयरको प्रतिबद्धता

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् । क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा आचार्यले भने, ‘हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम बिएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गर्दछु ।’ पद स्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले… पुरा पढौ

हिक्मत, लक्ष्मी र नयन साइकल दौड विजेता

पोखरामा भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र… पुरा पढौ

आहा राराको पुरस्कार बढ्यो, १० टिमको टुंगो

पोखरा, ५ पुससहारा क्लब पोखराले आहा रारा पोखरा गोल्डकपको पुरस्कार बढाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण पुस १२ देखि २३ गतेसम्म हुँदै छ । प्रथम पुरस्कारमा २ लाख थप गरी १२ लाख बनाइएको छ । द्वितीय पुरस्कारमा १ लाख थप गरी ६ लाख कायम गरिएको छ । २०५८ मा भएको क्याराभान गोल्ड कप गणना गर्दै २२ औं… पुरा पढौ

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको बाईसौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः प्रधान

पोखरा, पुस ४पोखरामा प्रधान कार्यालय रहेको गैरसरकारी संस्था पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको २२ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति, कास्कीका उप–प्रमुख सरिता मालले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि मालले हालसम्म संस्थाले पु¥याएको सेवा तथा सुविधाबाट धेरैभन्दा धेरै सेवाग्राहीहरू लाभान्वित भइसकेको भन्दै आगामी दिनमा यस संस्थाले यसलाई निरन्तरता दिँदै सेवाक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले… पुरा पढौ

गण्डकी अटो मेकानिकल्सको वार्षिकोत्सवमा रक्तदान

अटो मेकानिकल्सको साझा संस्था गण्डकी अटो मेकानिकल्स एसोसियसनको ३१ औं वार्षिकोत्सव आइतबार मनाइएको छ । सो अवसरमा भएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले पहिलो रक्तदाता संस्थाका प्रेस सल्लाहाकार कृष्णबहादुर थापालाई ब्लड ब्याग वितरण गरी रक्तदान सुरुआत गरे । ७२ औं पटक रक्तदान गरेका थापाको उदाहरण दिँदै रक्तदानले स्वास्थ्य सेवासहित मानवीय कार्य हुने डा. खत्रीले बताए । अटोमेकानिकल्स साझा संस्थाको… पुरा पढौ

राहत कृषि सहकारीको अध्यक्षमा अन्जु

राहत कृषि सहकारी संस्था पोखरा ५ को पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अञ्जु केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्षमा महेन्द्र पौडेल, सचिव वासुदेव पौडेल, कोषाध्यक्ष प्रकाश रेग्मी र सहसचिवमा बोधराज रेग्मी छन् । सदस्यहरुमा गुरुदत्त शर्मा पौडेल, महेन्द्र सापकोटा, कृष्णमुरारी बास्तोला, कमला गुरुङ थापा, टंकदेवी कार्की र देवेन्द्र अधिकारी छन् । लेखा समिति संयोजकमा धर्मदत्त पौडेल र सदस्यमा रविचन्द्र जम्मरकट्टेल र दीपक उपाध्याय निर्वाचित भएको… पुरा पढौ

पुस ६ देखि पोखरामा साहित्य महोत्सव

नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी दिन शनिवार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब… पुरा पढौ

पुस ९ देखि भदौरेमा महोत्सव

पोखरा, २ पुसकास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित भदौरेमा पुस ९ देखि ११ गतेसम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरीय फुटबल प्रतियोगितासमेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगीमा अन्नपूर्ण गाउँपालिका छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मनबहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं