गण्डकी प्रदेशसभाको अधिवेशन १८ गते

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार जारी गरेको विज्ञप्तिमा १८ गते दिउँसो ३ बजे अधिवेशन सुरु हुने उल्लेख छ ।

गण्डकीमा अब सभामुख, उपसभामुख चयन र सरकार गठन प्रक्रियाअघि बढ्नेछ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीमा पनि नयाँ परिस्थिति बनेको छ । यहाँ एमालेका खगराज अधिकारी र माओवादी केन्द्रका हरिबहादुर चुमान मुख्यमन्त्रीका दाबेदार छन् ।

एमालेका २२, माओवादीका ८ र राप्रपाका २ संसद हुँदा यहा नयाँ गठबन्धनको सरकार बनाउने बहुमत छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ ।