समाचार

गण्डकीमा २५ गतेभित्र मुख्यमन्त्री छानिने, के के छन् विकल्प ?

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गतेभित्र सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन उनले बिहीबार आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिमा उल्लेख छ । केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको राप्रपा यहाँ निर्णायक छ । मुख्यमन्त्री, सभामुख, मन्त्री लगायतका पदमा दलहरुबीच घनिभूत… पुरा पढौ

माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन

रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो । सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो । पुरा पढौ

युआरएल विरौटा अध्यक्षमा बिमला

युआरएल विरौटाको अध्यक्षमा विमला भण्डारी चुनिएकी छन् । मंगलबार भएको युआरएल विरौटा डायग्नोस्टिक प्रालिका सेयर लगानीकर्ताको भेलाले भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चुनेको हो । उपाध्यक्षमा शिवबहादुर थापा र सचिमा शशिधर पौडेल छन् । सदस्यमा सूर्य पौडेल, गीता लामिछाने, कृष्णप्रसाद ढकाल र सन्दीप अर्याल छन् भने पदेन सदस्यमा युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रवन्ध निर्देशक गणेशप्रसाद कोइराला छन् ।युआरएल विरौटाले गएको मंसिर २३ गतेबाट सेवा आरम्भ गरेको हो । गण्डकी… पुरा पढौ

प्रेस युनियनले बनायो प्रदेश समिति, अध्यक्षमा टंक

नेपाल प्रेस युनियन गण्डकी प्रदेशको मंगलबार भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको महिला उपाध्यक्ष संगीता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिवत्रयमा नारायण रिजाल, अन्जना तिमिल्सिना र मोहसिन अलि मिया र कोषाध्यक्षमा सन्देश पौडेल छन् । यस्तै सदस्यमा शंकरराज नहर्की, गीता लामीछाने, सुभाष पौडेल , ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, प्रेमचन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी छन्… पुरा पढौ

पोखरा महोत्सवमा घोडसवारी पनि

पोखरा, १९ पुस११ औं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकलाई घोडसवार गराइने भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सव अवलोकनका लागि आउने दर्शकलाई घोडसवार गराइने भएको हो । घोडसवारको माध्यमबाट महोत्सवको अवलोकनसँगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तव्य पुग्न सकिने महोत्सव आयोजक संस्था युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । हरेक महोत्सवमा नयाँपन दिँदै आएको उनले बताए । पोखरा… पुरा पढौ

छोरेपाटन मावि ४५ वर्षमा

पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडाध्यक्ष तीर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्वशिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन टोल… पुरा पढौ

सफल म्याराथनको तयारी सुरु

फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको छ । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुनेछ । उक्त… पुरा पढौ

नन्दकलालाई कमल नेपाली प्रतिष्ठानको सम्मान

सहासी बालक कमल नेपाली अध्ययन प्रतिष्ठान नेपालले गण्डकी प्रदेशसभा सदस्य नन्दकला नेपालीलाई सम्मान गरेको छ । प्रतिष्ठानकी सदस्यसमेत रहेकी नन्दकला नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएकी हुन् । प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डिलबहादुर नेपाली लगायतले उनलाई सम्मान गरेका हुन् । सोही समारोहमा भूमि आयोगका विज्ञ सदस्य मनोनित भएकोमा सल्लाहकार सोमबहादुर नेपालीलाई समेत सम्मान गरियो । कार्यक्रममा सांसद नन्दकलाले महिला मुक्ति, जातीय उत्थान र सशक्तकरणसँगै देशको समृद्धिमा जुट्ने प्रण… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिभल’

पोखरा,पोखरामा यतिबेला धेरै महोत्सव चलिरहेका छन् । औद्योगिक ब्यापार मेलादेखि सुन्तला महोत्सव हूँदै सडक महोत्सव यहाँ मेलाको रुपमा चल्ने नियमित गतिविधि हुन । यिनै महोत्सवमा मिसिन आएको छ ‘प्रतिभा फूड फेस्टिभल’ । अरु सबै महोत्सव खुला रुपमा चलिरहँदा प्रतिभा फूड फेस्टिभल भने विद्यालय परिसरमा संचालन गरिएको छ । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विद्यार्थीको क्षमता प्रस्तुत गराउने उद्देश्य सहित पहिलो पटक ‘प्रतिभा फूड फेस्टिभल’ आयोजना गरेको हो । आइतबार एकदिनका लागि… पुरा पढौ

५ दशकमा साकार भयो पोखरेलीको सपना (फोटो फिचर)

५ दशकमा साकार भयो पोखरेलीको सपना : जग्गा अधिग्रहण सुरु भएको ५ दशकपछि आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको छ । उद्घाटन समारोहका दृश्यहरु । तस्बिरः सुनिल पाण्डे/नेपालदुत पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं