चुनाव लड्न बोरामा पैसा लैजानुपरेको छः चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताएका छन्।

उनले सबै ठूला दल एकठाउँमा उभिए पनि आफूले विपक्षमा मतदान गर्ने बताएका हुन्।

उनले अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दल एकै ठाउँमा उभिएको आरोप लगाए।

‘पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ। सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न पनि सबै एक ठाउँमा जम्मा भएको हो कि भन्ने डर लाग्यो मलाई,’ उनले भने।