समाचार

पोखराको विमानस्थल चल्यो, निजगढमा बनाउने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको जनाए । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उनले भने, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले… पुरा पढौ

नेतृत्वमा मिलन, द्वन्द्वपीडितको बेहाल !

सशस्त्र युद्ध गर्ने माओवादी र त्यो बेला सरकारमा रहेको नेपाली कांग्रेस पटक पटक सत्तामा पुगे । बारम्बार यी २ दलबीच सत्ता सहकार्य र गठबन्धनसमेत बन्यो । दशक लामो युद्धका क्रममा मारिएका, बेपत्ता पारिएका र यातना भोग्नेहरुको समस्या भने ज्यूका त्यू छन् । अहिले माओवादीका तत्कालीन कमान्डर पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । बेपत्ता परिवार समाज कास्की अध्यक्ष अणनाथ बरालले आफूहरु न्यायको प्रतीक्षामा रहेको जनाए । भने, ‘हाम्रा… पुरा पढौ

ला-ग्राण्डीमा विद्यार्थी बिदाइ

पोखरा, १४ पुसपोखरा ८ सिमलचौर स्थित ला-ग्राण्डी इन्टरनेसनल कलेजमा २०१७ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । ४ वर्षको अध्ययन पूरा गरेका उनीहरूलाई बिदाइ गरिएको कलेजले जनाएको छ । बिबिए, बिसिए र बिपिएच सातौं सेमिस्टर अध्ययनरत २०१८ मा भर्ना भएका विद्यार्थीले अघिल्लो ब्याचलाई बिदाइ गरेका हुन् । सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको कलेजका प्राचार्य किरण केसीले बताए । कार्यक्रममा कलेजका संस्थापक देवराज चालिसेले अध्ययन… पुरा पढौ

गण्डकीका प्रदेशसभा सदस्यको शपथ

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराए । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराएका थिए । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत… पुरा पढौ

तीन स्थानीय तहका आफ्नै प्रहरी

रोल्पामा तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेका हुन् । रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन् । रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हबल्दार रहेका छन् भने नौ जना… पुरा पढौ

नन्दलाल बने नगर पिता !

पोखरा, १२ पुसदोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १ सय ४ वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा वस १९७५ मा जन्मिई पोखरा २१ मा मजदुरी गर्दै १४ वर्षअघि पोखरा वृद्धाश्रममा आएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवं पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उनलाई सामाजिक समिति संयोजक एवं पोखरा… पुरा पढौ

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गते

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार जारी गरेको विज्ञप्तिमा १८ गते दिउँसो ३ बजे अधिवेशन सुरु हुने उल्लेख छ । गण्डकीमा अब सभामुख, उपसभामुख चयन र सरकार गठन प्रक्रियाअघि बढ्नेछ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीमा पनि नयाँ परिस्थिति बनेको छ । यहाँ एमालेका खगराज अधिकारी र माओवादी केन्द्रका हरिबहादुर चुमान मुख्यमन्त्रीका दाबेदार छन् । एमालेका २२, माओवादीका… पुरा पढौ

गिरीको नेतृत्वमा टेवान

पोखरा, १२ पुसपर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिव अनिता खड्का भट्टराई, सचिव शोभा अधिकारी पौडेल र कोषाध्यक्षमा कमला गुरुङ छन् । समितिका सदस्यमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको… पुरा पढौ

भीम बने गण्डकी साहित्य संगम अध्यक्ष

गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ । उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषाध्यक्षमा विजया सुवेदी निर्वाचित भए । संगमका कार्यसमिति सदस्यमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन् । २ सदस्यपछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष रानाभाटले बताए । प्रगतिवादी, प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति क्रियाशील भइरहने उनले बताए । संस्थाका अध्यक्ष डा.… पुरा पढौ

युआरएल दमौलीको स्थापना दिवस

तनहुँको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले शुक्रबार एक समारोहबीच स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो । कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गुणस्तरीय ल्याब, अस्पतालहरुको स्थापना र सेवाले जनस्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढ्दै गएको बताए । दमौली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजु नानामगरले युआरएल जस्ता ल्याबको स्थापनाले रोगको निदानमा सहज भएको बताए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं